Wednesday, April 30, 2014

अर्घाखाँची कतारको ४८ मा इकाइ समिति गठन


मार्च 22 (कतार) अर्घाखाँची सेवा समाज कतारले सस्था विस्तारको क्रममा इकाई समिति गठन गरेको छ । कतारको सनैया स्थित ४८ नम्वरंमा सस्थाका कार्यसमिति पदाधिकारीहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि उक्त समिति गठन गरिएको हो । सस्थाका अध्यक्ष यूवराज पाण्डेको अध्यक्षता र प्रथम उपाध्यक्ष भुवन केसीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा द्धितीय उपाध्यक्ष ठाकुर कुमार परियार, कोषाध्यक्ष टेकराज थापा लगायतका कार्यसमिति पदाधिकारीहरु एवं जिल्लाबासीहरुको व्यापक उपस्थिति थियो ।
स्वागत मन्तव्यको क्रममा उपाध्यक्ष केसीले खास गरि कतारमा सामाजिक सस्थाको आवश्यकता, बर्तमान स्थिति र सामाजिक सस्थाले खेल्नुपर्ने भुमिकाको बारेमा प्रष्टाउनुभएको थियो ।  अध्यक्ष युवराज पाण्डेले विषेश मन्तव्य राख्दै नेपाल तथा नेपाल बाहिर जहाँ रहेपनि हाम्रो दुख सुखको क्षणमा सामाजिक सस्थाहरुको भूमिका महत्वपूर्ण रहनेभन्दै खुशिमा खुशि साटासाट गर्ने र समस्याको क्षणमा एकआपसमा सहकार्य गरि समस्या समाधान गर्नका सस्थाले स्थापनाकाल देखि नै महत्वपूर्ण भूमिका खेलेको भन्दै विमला बचाउ अभियान, चेतन थापालाई टिकट वितरण कार्य, महाकाली पिडितलाई सहयोग, कतारमा विभिन्न समयमा रोजगारीको समयस्यामा तथा अलपत्र परेकालाई आर्थिक कानुनी सहयोगकोबारेमा सस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हुदाँ सस्थामा आवद्ध हुनुपर्ने बताउनुभएको थियो । सस्थाको योजनाहरुलाई सवैको माझ पुराउन तथा कतारमा रहेका जिल्लाबाँसीहरुलाई समेटन र एकताबद्ध गर्ने उद्धेश्य अनुसार कतारका विभिन्न ठाउँहरुमा इकाई समिति तथा उपसमितिहरु गठन गरिदै आएको छ । यसरी इकाई समिति गठन गर्न कार्यसमिति पदाधिकारीहरु आफनो क्षेत्रमा आएको देखेपछि उक्तस्थानमा बस्दै आएका अर्घाखाँची तथा अन्य जिल्लाका नेपालीहरु पनि खुशी देखिन्थे भने कतिपयले सघंसस्थाहरु दोहा केन्द्रित भएको भन्दै गुनासो पोखेका छन् ।
 सो कार्यक्रममा अर्घाखाँचीका ढाकावाग धारापानी किमडाडा नुवाकोट भगवती वागला लगायतका गाविसबासीहरुको उपस्थिति थियो । विगत केहि समयपूर्व कतारमा ह्दयघातका कारण मृत्युभएका अर्घाखाँची ढाकावागका नरेश अधिकारी र किमडाडाका रुमाकान्त चुदाली एवं छुटिटमा घर गई फर्कदा बस दुर्घटनामा परि मृत्यु भएका अर्घाखाँची बागीका देवेन्द्र थापा प्रति श्रदासुमन अर्पण गर्दे सस्थाले सामुहिकरुपमा आर्थि
क सहयोग संकलन गरि पिडितका परिवारलाई हस्तान्तरण गर्र्ने कुरा बताइएको थियो । सस्थाको उद्देश्य भावि योजनाको बारेमा द्धितिय उपाध्यक्ष ठाकुर कुमार परियार, कोषाध्यक्ष टेकराज थापाले आफनो आफनो कुराहरु राख्नुहुदै सस्थालाई सक्रिय र प्रभावकारी बनाउन सवैले आफनो आफनो ठाँउबाट सहकार्य गर्नुपर्ने बताउनुभएको थियो । श्री नारायण प्रसाद खनाल अध्यक्ष र चेतन बन्जाडे सचिव रहेको १३ सदस्यीय इकाई समिति गठन गरेको छ । उक्त इकाई समितिले आफना इकाईमा रहेका विषयहरुलाई केन्द्रिय समितिमा अवगत गराउने र सस्थाका योजनाहरुमा सामुहिकरुपमा सहकार्य गर्नेछ ।संस्थाका कार्यवाहक महासचिव केदारनाथ भुसालले सन्चालन गर्नुभएको सो कार्यक्रमा शुभकामना तथा समापन सहितको  मन्तव्य दिदै अध्यक्ष पाण्डेले विगत केहि दिन पहिला गैरआवासिय नेपाली सघं कतारको अगुवाई भएको रक्तदान कार्यक्रममा अर्घाखाँची सेवा समाजबाट प्रतिनिधित्व गर्ने जिल्लाबासीहरुलाई धन्यबाद दिदै अर्घाखाँची सेवा समाज कतारले निकट भविष्यमा गर्न लागीरहेका कार्यक्रममा व्यापक लाग्न र सहयोग सकंलन अभियानमा सवैलाई सहयोग पुराउन समेत आग्रह गदै कार्यक्रम समापन गर्नुभएको थियो ।