Monday, January 13, 2014

कतारको तमू ल्होसारमा नेपाली सांगितिक मेला

कतार २७ पुस कतारवासी तमूहरुले आफनो महान पर्व ल्होसार भव्यताका साथ मनाउने तयारी गरेको समाचार छ । यस वर्ष सप्रि ल्हो (सर्प वर्ग) लाई बिदाई गर्ने र त ल्हो (घोडा वर्ग) लाई स्वागत गर्ने पर्वको रुपमा मनाईदै छ । नेपाली क्यालेण्डर अनुसार पौष १५ गते पर्ने यस पर्व कतारमा भने तमू (गुरुङ) समाज कतारको आयोजनामा यहि आउने जनवरी १७ तारिख शुक्रवार मुञ्तजा स्थित अलअरबि स्प्ँेर्टस क्लबको हलमा विभिन्न सांस्कृतिक र सांगितिक प्रस्तुतिहरुका साथ ल्होसार विशेष कार्यक्रम सम्पन्न हुदै छ ।
तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारको आयोजनामा सम्पन्न भईरहेको नेपाली सांगितिक मेला २०१३ को ग्राण्ड फिनालेलाई पनि सोहि ल्होसार विशेष कार्यक्रमका दिन समापन गरिदै छ । “नेपाली कला र संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाहरुको खोजि गरौं” भन्ने मुल नाराका साथ आयोजना गरिएको नेपाली सांगितिक मेलामा विभिन्न विधामा स्थानिय कलाकारहरुले प्रतिष्पर्धा गरि रहेका छन् । विशेषत बैदेशिक रोजगारको शिलसिलामा कतारमा कार्यरत नेपाली प्रतिभावान कलाकारहरुको प्रतिभा प्रस्फुटन गराउन एउटा मञ्चको व्यवस्था गरि उनिहरुलाई प्रतिभा देखाउने अवसर प्रदान गर्न यो सांगितिक मेलाको आयोजना गरिएको आयोजकहरु बताउछन ।
तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष आशबहादुर गुरुङका अनुसार विभिन्न छनौट चरणहरु पार गरि अन्तिम छनौट चरण तथा ग्राण्ड फिनाले कार्यक्रमबाट विजेताहरुको चयन हुने छ । एकल गायन प्रतियोगिताबाट गैरआवासीय नेपाली तारा २०१३ कतारको छनौट हुने छ । यस विधाको लागि अन्तिम छनौट चरणमा पुग्न सफल कलाकारहरु क्रमशः राज खालिङ (भोटिङ नं.१), शिवनारायाण चौधरी (भोटिङ नं.२), दिवस याक्खा (भोटिङ नं.३), बिरेन्द्र श्रेष्ठ (भोटिङ नं.४), कृष्ण शिवा (भोटिङ नं.५), रामकुमार राई (भोटिङ नं.६) र नवराज पाख्रीन (भोटिङ नं.७) छन । एकल नृत्य प्रतियोगिताबाट गैरआवासीय नेपाली नृत्य तारा २०१३ कतारको छनौट हुने छ । यस विधामा क्रमशः नज्मा मिया“ (भोटिङ नं.१), शरस्वति गुरुङ (भोटिङ नं.२), किरण लामा (भोटिङ नं.३), रीना शेर्पा (भोटिङ नं.४), बब्ले बिष्ट (भोटिङ नं.५) र दिपक मगर (भोटिङ नं.६) छन । लोकदोहोरी गीत प्रतियोगिताबाट उत्कृष्ठ लोकदोहोरी समुह २०१३ कतारको छनौट गरिने छ । यस विधामा दोहोरी समुहहरु क्रमशः नेपाली महिला समाज कतार (भोटिङ नं.१), स्याङजा सहयोग समाज कतार (भोटिङ नं.२), प्रवासी नेपाली सांगितिक परिवार कतार (भोटिङ नं.३) र अर्घखाची सेवा समाज कतार (भोटिङ नं.४) छन । युगल तथा सामुहिक नृत्य प्रतियोगिताबाट उत्कृष्ठ युगल तथा सामुहिक नृत्य समुह २०१३ कतार छनौट गरिने छ । यस विधाको अन्तिम छनौटमा प्रतिस्पर्धा गर्ने नृत्य समुहहरु क्रमशः तमू सांस्कृतिक परिवार (भोटिङ नं.१), नेपाली कला केन्द्र “क” (भोटिङ नं.२) र नेपाली कला केन्द्र “ख” (भोटिङ नं.३) छन । ग्राण्ड फिनाले तथा अन्तिम छनौट चरणमा निर्णायकको ५० प्रतिशत अंक र बा“की ५० प्रतिशत अंक दर्शकको प्रत्यक्ष भोटको आधारमा विजेता छानिने व्यवस्था मिलाईएको छ । कार्यक्रममा सहभागि हुन दर्शकहरुको लागि क्रमशः कतारी रियल ३०, ४० र ५० दरका टीकटहरुको व्यवस्था गरिएको छ । प्रतियोगिहरुलाई भोट दिने कुपन पनि टिकटको साथैमा राखिएकोले टिकट स“गै भोटिङ लिस्ट पनि लिन आयोजकले आम दर्शकलाई अनुरोध गरेको छ ।
गत अक्टोबरदेखि विभिन्न चरणहरु पार गर्दै उत्कृष्ट कलाकारहरु ग्राण्ड फिनालेमा प्रवेस गरेका हुन । छनौट चरणहरुमा नृत्य तर्फका निर्णयाकहरु क्रमशः भबिन्द्र तामाङ, प्रविण राई र भुपेन्द्र रिखम मगर थिए भने एकल गायन तर्फका निर्णयाकहरुमा सन्तोष गुरुङ र दिनेश लिम्बु थिए । त्यसै गरि लोक दोहोरी गीत तर्फका निर्णयाकहरुमा क्रमशः देबिका केसी गुरुङ र बसन्त तिवारी थिए । अन्तिम छनौट चरण तथा ग्राण्ड फिनालेमा भने नेपालबाट आउने राष्ट्रिय स्तरका कलाकारहरुले निर्णयाकको भुमिका निर्वाह गर्ने छन् । ग्राण्ड फिनालेमा नेपालबाट निर्णायकको भुमिका निर्वाह गर्न र आआफनो प्रस्तुति पस्कन रिमा गुरुङ होडा, पार्वती राई, राजु गुरुङ र देबिका गुरुङ लगायत राष्ट्रिय स्तरका चर्चित कलाकारहरु कतार आउने भएका छन ।
नेपाली सांगितिक मेला २०१३ कार्यक्रमका संयोजक तथा तमू (गुरुङ) समाज कतारका अध्यक्ष बिमल गुरुङका अनुसार तमूहरुको महान पर्व ल्होसारलाई प्रवासमा भए पनि विशेष बनाउने प्रयास स्वरुप विभिन्न तयारी भई रहेका छन् । ल्होसारसंग सम्बन्धित विभिन्न प्रस्तुतिहरु रहनुका साथै सांगितिक मेला कार्यक्रमको ग्राण्ड फिनाले पनि सोहि दिन हुने भएकोले यस वर्ष कतारको तमू ल्होसार बास्तवमा नै बिशेष हुनेछ । नेपाली सांगितिक मेलाको ग्राण्ड फिनालेमा पुग्न सफल कलाकारहरुको प्रस्तुति रहने छ भने नेपालबाट आउने निर्णयाक चर्चित कलाकारहरुको पनि आकर्षक प्रस्तुति रहने छन । कतारमा कार्यरत स्थानिय कलाकारहरुले तमू संस्कृतिमा आधारित विभिन्न प्रस्तुतिहरु पस्कने छन भने कतारमा लामो समयदेखि कार्यरत दि रेञ्ज म्युजिकल ब्याण्डले छुट्टै आकर्षक सांगितिक प्रस्तुति दिने कार्यक्रम तय भएको जानकारी प्राप्त भएको छ । कतारमा आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमलाई सफल पारिदन आयोजकले सम्पुर्ण कतारवासी नेपाली दाजुभाई र दिदीबहिनीहरुस“ग सहयोगको अनुरोध गरेका छ