Saturday, March 16, 2013

अर्घाखाँची सेवा समाज कतारको मासिक बैठक सम्पन्न

 
 भुवन केसी. मार्च १६ (दोहा कतार)  अर्घाखाँचीबाट कतारमा रोजगार तथा व्यावसायको सिलशिलामा रहेका अर्घाखाँचीबासीहरुको सामाजिक सस्था अर्घाखाँची सेवा समाज कतारको मासिक बैठक दोहाको मुन्तजा पार्कमा सम्पन्न भएको छ । अध्यक्ष युवराज पाण्डेको अध्यक्षतामा बसेको सो बैठकमा सस्थाले गत मार्च ८ मा सम्पन्न गरेको बनभोज तथा विविध सास्कृतिक कार्यक्रमको व्यापक समिक्षा गरिएको थियो । समिक्षाको क्रममा बोल्दै उपस्थित बक्ताहरुले उक्त कार्यक्रम आशातितरुपमा सफल भएको दावी गर्दै कार्यक्रम सफल पार्न सवैतिरबाट सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यबाद प्रकट गरेका थिए । कोषाध्यक्ष टेकराज थापाले कार्यक्रम अवधिभरको आय तथा व्ययको खाका प्रस्तुत गर्नुभएको थियो । आगामी मार्च २२ मा हुन लागेको व्यापक व्लड डोनेशन कार्यक्रमको बारेमा पनि सस्था आयोजक भएको र सस्थाबाट सक्रिय सहभागिता हुनु पर्ने कुरामा पनि छलफल चलाइएको थियो, उक्त व्लड डोनेशन कार्यक्रमको लागि कतारमा रहनुभएका इच्छुक अर्घाखाँचीबासीहरुलाई सम्र्पकमा आई उक्त मानविय कार्यमा सहभागि भइदिनुहुन अनुरोध समेत गरिएको छ । --> त्यसै गरि कार्यसमितिका केहि सदस्यहरु कतार बसाई समाप्त गरि नेपाल गइसकेकाले रिक्त हुन आएका पदहरुमा पनि पदपूर्ति गरिएको छ जस्मा सचिवालय सदस्यमा ठाकुर कुमार परियार तथा प्रकास पराजुली र त्यसै गरि केन्द्रिय सदस्यहरुमा खगेश्वर भुसाल तथा सुदिप पाण्डेलाई चयन गरिएको सो बैठकको सन्चालन सचिव विष्णु प्रसाद भुसालले गर्नुभएको थियो ।