Sunday, March 10, 2013

कतारमा अर्घाखाँचीको बनभोज तथा सास्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

भुवन के.सी. (कतार)
अर्घाखाँची सेवा समाज कतारको बनभोज तथा विविध सास्कृतिक कार्यक्रम व्यापक जनसहभागितका साथ हिजो सम्पन्न भएको छ । कतारको समाल पार्कमा आयोजित सो कार्यक्रम अध्यक्ष युवराज पाण्डेको सभापतित्व र प्रमुख अतिथि ैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय समिति सचिव टिवी कार्कीको दिप प्रज्वलन पश्चात राष्ट्रिय गानबाट पूर्णतया नेपालीमय बातावरणमा शुरु भएको थियो ।
-->
जिल्लाबासीहरु लगायत आमनेपालीहरुको व्यापक सहभागिता रहेको उक्त कार्यक्रमलाई सो समाजका प्रथम उपाध्यक्षले स्वागत मन्तव्य मार्फत उपस्थित सवैलाई स्वागत गर्नुभएको थियो ।
--> औपचारिकरुपमा दिनको १२ बजे शुरु भएको सो कार्यक्रममा विषेश अतिथिको रुपमा क्रमश ः  एनआरएनए आईसिसि मध्यपूर्व संयोजक नरेन्द्रभाट तथा एनआरएनए एनसिसि कतार च्याप्टर सचिव विनोद भटट्राई, अतिथिको रुपमा समाजसेवी तथा एनआरएनए एनसिसि कतारका पूर्व अध्यक्ष कमलमणि गुरागाँई, एनआरएनए आईसिसि निर्वतमान उपाध्यक्ष युवा समाजसेवी सागर नेपाल, बुद्धिजीवि एवं एनसिसि निर्वतमान महासचिव विल बहादुर गुरुङ्ग, राष्टिय समाचार समिति कतार प्रतिनिधि एवं एफएनजे कतार पूर्व अध्यक्ष कुमार कार्की, नेपाल पत्रकार महासंघ कतार शाखाका कोषाध्यक्ष गणेश बानियाँ, पाल्पाली सेवा समाजका अध्यक्ष भुपराज दवाडी, नेपाल लोकतान्त्रिक मन्चका उपाध्यक्ष चाणक पोख्रेल, समाजसेवी रामहरि गैरे, नेपाल ईन्जिनियर एसोसिएसनका अध्यक्ष इं. अर्जुन प्रसाद भटटराई, आइएमई कतार प्रमुख तथा अर्घाखाँचीबासी युवा समाजसेवी जितेन्द्र पाण्डे, अर्घाखाँचीबासी युवा व्यवसायी तथा समाजसेवी नरेश रायमाझी, एनआरएनए एनसिसि महासचिव समाजसेवी एवं सल्लाहकार क्रान्ति सिंह, गुल्मी सेवा समाजका सल्लाहकार दोर्ण बस्नेत, दागं देऊखुरी प्रवासी सेवा समाजका महासचिव सूर्य सुवेदी, मोरगं सुनसरी सेवा समाजबाट गोकुल ब थापा (निर्वतमान अध्यक्ष) ,बागलुग सेवा समाजका उपाध्यक्ष लिल ब. विक., नेपाल लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य कृष्ण परियार तथा लुम्विनी अन्चललगायत कतारमा सक्रिय संघसस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
--> कार्यक्रमको शूरुवातमा तातोआलु लगायतका खेलहरुले तथा सांस्कृतिक समुहकोे बेजोड सांगितिक सौगातले दर्शकहरुको मन जितेको थियो ।   सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय समिति सचिव टि.वी कार्कीले अर्घाखाँची सेवा समाजका गतिविधिहरुलाई स्वागत गर्दै यो समाज प्रवासी अर्घाखाँचीबासी तथा आम प्रवासी नेपाली श्रमिकहरुका समस्याहरु सम्वोधन गर्ने उपयुक्त थलो बनोस् र एनआरएनले सेवा समाज मार्फत आएका गतिविधिहरुलाई कार्यान्वयनको लागि पहल गर्नेकुरामा जोड दिदै आगामी दिनहरुमा सहकार्यको लागि तत्परहेको कुरा बताउनुभयो । विषेश अतिथिको रुपमा बोल्दै कमलमणि गुरागाईले अर्घाखाँचीको बारेमा बोल्दै कतारका अर्घाखाँचीबाँसीले गरिरहेको सामजिक क्षेत्रका कार्यहरु, नेपाली कलासस्कृति जगेर्ना गर्ने कार्यक्रमहरु लगायत यो कार्यक्रममा जिल्लाबासीहरुको व्यापक, अनुशासित एवं सक्रिय सहभागिताले आफुलाई अत्यन्तै खुशि लागेको कुरा राख्दै आगामी दिनहरुमा सामजिक सहकार्य जोड दिनुभयो,त्यसै गरि एनआरएन एनसिसि कतारका सचिव विनोद भटटराईले सेवा समाजको गतिविधिहरुलाई सराहना गर्दै आगामी समयमा सामाजिक सहकार्यमा अझै एकताबद्ध तरिकाले अघि जानुपर्नेमा जोड दिनुभयो ।

--> युवा समाजसेवी सागर नेपालले अर्घाखाँची सेवा समाजले कतारमा सामाजिक सेवामा सक्रिय सहभागिता जनाउदै आइरहेको र आगामी दिनमा सहयोगी विचारहरुलाई अझै एकिकृत गर्दै समाजमा रचनात्मक तथा सृजनशिल कार्यमा अग्रसर हुदै सामाजिक कार्यमा लाग्न जोड दिनु पर्ने बताउदै यस कार्यक्रममा अर्घाखाँचीबासीहरुको व्यापक सहभागितालाई आफुले ऐतिहासिक पाएको कुरा बताउनुभयो । त्यसै गरि अर्घाखाँची सेवा समाजको गरिमामय नाराबाट आफनो प्रभावशाली मन्तव्य दिदै बुद्धिजीवी तथा समाजसेवी विल बहादुर गुरुङ्गले अर्घाखाँची सेवा समाजको सामाजिक गतिविधिहरुलाई अत्यन्तै सराहना गर्दै जिल्लाबासीहरुको व्यापक उपस्थिति तथा सक्रियताले कतारमा सामाजिक सेवाका कार्यहरु तथा नेपालीत्वलाई अझै माथि उठाउन सकिनेमा जोड दिनुभयो ।

त्यस्तै मन्तव्यको क्रममा राष्टिय समाचार समिति कतार प्रतिनिधि एवं एफएनजे कतार पूर्व अध्यक्ष कुमार कार्की, मोरगं सुनसरी सेवा समाजबाट गोकुल ब. थापा (निर्वतमान अध्यक्ष), पाल्पाली सेवा समाजका अध्यक्ष भुपराज दवाडी लगायत विभिन्न संघसस्थाबाट प्रतिनिधित्व गर्नुभएका अतिथिहरु एवं अन्य बक्ताहरुले अर्घाखाँची सेवा समाजको कतारमा सक्रिया प्रति सकारात्मक कुराहरु व्यक्त गर्नुभएको थियो । अर्घाखाँची सेवा समाजले आफना गतिविधिहरुलाई प्रस्टाउन र विश्व परिवेशमा आफुलाई ढाल्नको लागि सुचना र सन्चारको माध्यम इन्टरनेटमा आफनो आधिकारीक वेवसाइटको शुरुवात गरेको जनाएको छ सो वेवसाइटलाई प्रमुख अतिथि टिवी कार्की ज्यूले प्रोजेक्टरमा वेवसाईटलाई देखाउदै क्लिक गरी विधिवत उदघाटन गर्नुभएको थियो । सो वेवसाइट सस्थाको आधिकारीक वेसाइट भएको र आगामी दिनमा सस्थाका गतिविधि, योजनाहरु, सम्र्पकको माध्यम आदिको रुपमा रहने र सो साइटको सन्चालनको लागि प्रथम उपाध्यक्ष भुवन केसीलाई सम्पादनको जिम्मेवारी दिइएको कुरा सन्चालक विष्ण प्रसाद भुसालले बताउनुभयो ।

कार्यक्रममा करिव १ बजे नास्ताको व्यवस्था मिलाइएको थियो भने करिव ४ बजे खानाको व्यवस्था मिलाइएको र करिव ३५० जनाको जनमानसलाई सफलतापूर्वक खाना तथा खाजा व्यवस्थापन गरिएको खाजा तथा खाना व्यवस्थापन संयोजक खगेस्वर भुसालले बताउनुभयो । कार्यक्रम अवधिमा खेलाइएका खेलमा उत्कृष्ठ हुनेलाई उचित अवार्डको पनि व्यवस्था मिलाइएको थियो । त्यस्तै कार्यक्रमका विच विचमा आफना प्रस्तुती देखाउने क्रममा अर्घाखाँची धारापानीबाट हाल कतारमा कार्यरत बामदेव भाटले मनरुन्छ न्याउली झै सुके स्याउली झै नामक सांगितिक सौगात प्रस्तुत गरि महौललाई तताएका थिए । कार्यक्रममा पहिलो पटक समाल पुगेका अर्घाखाँची सन्धिखर्कका कुमार नेपालले आफुले यसरी जिल्लाबासीहरुलाई एकै ठाउमा भेला भएको देख्दा अर्घाखाँचीमा एकादशी तथा कुनै मेलामा भएको भान भएकोमा धेरै खुशि व्यक्त गरे । प्राय एकै जिल्लाका मानिसहरु भेला भएपनि कतिपय नयाँ अनुहार देखिन्थे त कतिपय चिनजानमा खुशि साटदै गरेका देखिन्थे । यसरी आशातितरुपमा उपस्थित जिल्लाबासी एवं सवैलाई कार्यक्रम अवधिभर स्वयंसेवकहरुको सक्रियता र पूर्वनिधारित योजनाहरुले गर्दा कार्यक्रम पूर्णरुपमा सफल भएको आयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको समापनमा बोल्दै सभापतित्व गरिरहनुभएका अध्यक्ष पाण्डेले सवै अतिथि एव सहकार्य गदैआउनुभएका संघसस्थाहरु एवं यो कार्यक्रमलाई सफल पार्न सहयोग पुराउनुहुने सवैलाई धन्यबाद दिनुभएको थियो । कतारको समाल पार्कमा सम्पन्न सो कार्यक्रमको सन्चालन सेवा समाजका सविच विष्णु प्रसाद भुसालले गर्नुभएको थियो ।