Thursday, February 21, 2013

अर्घाखाँची सेवा समाज कतारको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

-->
अर्घाखाँची सेवा समाज दोहा कतारले आफना एक सदस्यलाई हालै एक कार्यक्रम गरि सम्मान तथा विदाई गरेको छ, अध्यक्ष युवराज पाण्डेको अध्यक्षता र उपाध्यक्ष भुवन केसीको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा सस्था स्थापना काल देखि नै सक्रिय रहदै समाजको सामाजिक सेवाको उद्देश्यमा महत्वपूर्ण योगदान पुराउनुभएका सो सस्थाका केन्द्रिय सदस्य अर्घाखाँची धारापानी ७ ठूलाखर्क निबासी बासुदेव भाटलाई आफनो कतार बसाईलाई समाप्त गरी नेपाल जादै गर्दाको अवसरमा एक कार्यक्रमका विच सम्मान तथा विदाई गरिएको हो । विदाई हुन लाग्नु भएका बासुदेव भाटलाई समाज सेवामा योगदानको कदर गर्दै कतारमा सिकेको सिप र अनुभवलाई मातृभुमि नेपालमा गएर त्यसको सदुपयोग गर्न र आगामी दिनमा सामाजिक सेवामा निरन्तरता दिन अध्यक्ष पाण्डेले आग्रह गर्नुभयो । त्यसै गरि उपाध्यक्ष भुवन केसी, कोषाध्यक्ष टेकराज थापा, केन्द्रिय सदस्य बल बहादुर केसी. केन्दिय सदस्य दिपक कुवर लगायतले आफनो स्थानबाट बोल्दै बासुदेव भाटको सेवा समाज प्रतिको सहकार्यलाई हार्दिक धन्यबाद प्रकट गर्दै आगामी दिनमा पनि स्वस्थानबाट सामाजिक सहकार्यको अपेक्षा राख्दै सफल यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो । सस्थामा योगदान पुराएको भन्दै अध्यक्षले प्रशसा पत्र र अध्यक्ष  उपाध्यक्ष लगायतका पदाधिकारीहरुले सामुहिकरुपमा दोसला ओडाई सम्मान गरेका थिए ।

-->  मुलतः उक्त कार्यक्रम विदाईमा सिमित भएतापनि गत केही दिन अघि अर्घाखाँची सेवा समाज दोहा कतारका द्धितिय उपाध्यक्ष तथा सास्कृतिक उपसमिति संयोजक चिरन्जीवी भटटराईलाई पितृशोक परेकाले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको थियो तस्तै आगामी मार्च ८ मा अर्घाखाँची सेवा समाजले आयोजना गरेको बनभोज तथा विविध सास्कृतिक कार्यक्रमको बारेमा पनि छलफल भएको थियो । सचिव विष्णु प्रसाद भुसालले कार्यक्रम सन्चालनको क्रममा मार्च ८ को कार्यक्रम ऐतिहासिक र भिन्दै गर्न लागिएको  तथा सस्थाले आफुलाई समय सापेक्ष यद्यावधिक राख्नको लागि निर्माण गरेको वेवसाइटको विधिवत उदघाटन हुने कुरा समेत प्रस्टाउदै उक्त कार्यक्रममा दोहा कतारका सम्पूर्ण जिल्लाबाँसीहरुलाई उपस्थिति हुनु पर्ने बताउनु थियो । उपाध्यक्ष भुवन केसीले सस्था स्थापनाकाल देखि कतारमा अघेर्लीहरुको सक्रियताले गर्दा अर्घाखाँचीको गौरव र शानलाई बचाइ राख्न पे्ररणा मिलेको र सस्था अन्य सस्था तथा व्यक्तिहरु सित सामाजिक कार्यमा हातेमालो गर्दै अघि बढेकोमा खुशि प्रकट गर्दै आगामी दिनमा सेवा समाजले चालेका सामाजिक अभियानमा सवैतिरबाट व्यापक सक्रियता भएमा केही गर्न सकिने कुरा बताउनुभयो । छोटो र सटिक समयमा दोहाको मुटु र्जैदामा सम्पन्न सो कार्यक्रमको सन्चालन सचिव विष्णु प्रसाद भुसालले गर्नुभएको थियो । -->