कतार भलिवल एशोसियसनको आयोजनामा गत शुक्रवार ११ जनवरीबाट दोहामा आयोजना
भएको �भलिवल ओपन लिग�मा नेपाली टोलीले शानदार विजयी शुरुवात गरेको छ ।
उद्घाटन पश्चात लेवननको सामना गरेको नेपालले खेललाई पुर्णतः आफ्नो पक्षमा
राख्दै लेवननलाई २�० को सोझो सेटमा पराजित ग�यो । खचाखच नेपाली समर्थक माझ
निकै उत्साहपुर्वक प्रतिस्पर्धामा उत्रेको नेपालले निकै राम्रो खेल कौशल
प्रदर्शन गरी लिगमा आफुलाई बलियो दावेदारकारुपमा शशक्त चुनौती प्रस्तुत
गरेको छ ।
निलो जर्सीमा उत्रेको नेपाली टोलीले रातो जर्सीको लेवननी टोलीलाई २५�५ र
२५�७ को सोझो सेटमा स्तब्ध पारेको थियो । दुवै खेलको शुरुवातबाटै निकै दवाव
झेलेको लेवननले नेपाली टोलीको फुर्तिलो खेलमा कुनै चुनौती प्रस्तुत गर्न
सकेन । गत बर्षको लिगमा पनि २�० को पराजय भोगेको लेवनन यसबर्षपनि सोही
नतिजामा खुम्चन बाध्य रह्यो ।
बेष्ट अप थ्री� ढाँचाको नेपाल�लेवनन भिडन्त डेढ घण्टासम्म चलेको थियो ।
निशुल्क प्रवेश दिइएकोमा मुख्य उपस्थिति नेपाली दर्शकको थिए । दर्शकले
नेपाली झण्डा फहराउँदै, वाजागाजा सहित नाच्दै र हुटिङ गर्दै हरेक खेलहरूमा
आफ्ना खेलाडीको मनोवल बढाउँदै आएका छन् । नेपाली खेलाडीको खेल अनुसासन र
निकै ठुलो संख्यमा उपस्थित नेपाली दर्शक एवं पदाधिकारीहरूको राम्रो
प्रेरणाले शानदार बिजय सम्भव भएको नेपाली अगुवा सागर नेपालले बताए ।
टिम नेपालका सवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । क्यवाका २ र रुवाण्डाका १
जना गरी नेपाली टोलीमा सहभागी विदेशी खेलाडीत्रयको प्रदर्शन लोभलाग्दो
थियो । लिगको पहिलो खेलबाटै जितको स्वाद चाखेको नेपाल अव थप उत्साहका साथ
अघिल्लो खेलमा इजिप्टसंग भिड्नेछ । शुक्रवार मोवासलात र कतार क्लब्सले
उद्घाटन खेल खेलेका थिए भने तेश्रो खेलमा इजिप्ट र भारत भिडेका थिए ।
८ टोली, ३६ खेल
यसपालीको लिगमा कुल ८ टोलीले सहभागीता जनाएका छन् । नेपाल, भारत,
फिलिपिन्स, इजिप्ट, लेवनन, कतार फाउण्डेशन, मोवासलात, कतार क्लब्सले लिगमा
सहभागिता जनाएका छन् भने सावित विजेता सुडान यसपाली लिगमा सहभागी छैन ।
प्राविधिक कारणवस सुडान सहभागी हुन नसकेको खेल अधिकारीहरूले जनाए । नेपाल
गत बर्षको उपविजेता हो ।
कतारमा आप्रवासी समुदायमाझ लिग भलिवल आयोजना गत बर्षबाट शुरु भएको हो । गत
बर्ष निकै लामो समय लिएको यो लिग यसपाली भने ३ महिनामै सम्पन्न हुने भएको छ
। ५ अप्रिलमा सम्पन्न हुने लिगमा कुल ३६ खेल खेलाइनेछन् । २८ बटा खेलपछि
लिगको पहिलो चरण सम्पन्न हुनेछ र ३ टोली बाहिरिनेछन् भने दोश्रो चरणमा ८
वटा खेल हुनेछन् । लिगमा उपाधीका लागि फाइनल खेल पनि खेलाइने छ । शुक्रवार,
५ अप्रिलमा अल अरवी क्लवमा हुने अन्तिम खेलमा लिग विजेताको चयन हुनेछ ।
विजेतालाई पुरस्कार
यस बर्ष विजेतालाई आकर्षक पुरस्कार रहेको भलिवल एशोसियसनले जनाएको छ । लिग
विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो स्थानमा रहनेले ५ हजार
कतारी रियाल धनराशीको पुरस्कार जित्ने घोषणा भलिवल एशोसियसनले गरेको छ । गत
बर्ष नगद पुरस्कार नरहेकोमा यसपालीको यो शुरुवातले लिगमा थप ब्यवसायीकता
भित्राएको छ ।
उद्घाटन भब्य
लिगको उद्घाटन भब्यरुपमा गरिएको छ । कतारका लागि नेपालका राजदुत डा. माया
कुमारी शर्मा लगायत दुतावासका पदाधिकारीहरू, भलिवल एशोसियसनका अध्यक्ष
खालिद अली अल मवलावी, महासचिव मोहम्मद अली अल मोहन्नदी लगायत अन्य
पदाधिकारीहरू, आयोजक समितिका पदाधिकारीहरू, समुदायका अधिकारीहरू, खेल
पदाधिकारी, खेलाडी र आम दर्शकको उत्साहजन्य सहभागिताकाविच सांस्कृतिक एवं
सांगितिक प्रस्तुतीका साथ खेलको उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा
सहभागी राष्ट्रले सांस्कृतिक प्रस्तुती दिएका थिए । एशोसियसनका टेक्निकल
डाइरेक्टर तथा लिगका संयोजक हुसेन इमाम अलीले उद्घाटन कार्यक्रम प्रस्तुत
गरे भने नेपाली अगुवा सागर नेपालले समन्वयको काम गरे ।
राजदुत प्रशन्नः

गत शुक्रवार भएको खेलमा कतारमा लागि नेपालका राजदुत डा. माया कुमारी
शर्माले पनि पुरा अवधि खेल हेरेर खेलाडी र दर्शकको मनोबल बढाइन् । नेपालीको
खेल र उपस्थितिप्रति उनको प्रशन्नता थियो । खेलाडीलाई मनोबल बढाउने क्रममा
राजदुत डा. शर्माले नेपालको नाम उच्च राख्न शुभकामनासहित हर प्रकारको
सहयोग र समन्वयका लागि दुतावास पछि नहट्ने बताइन् । �अवका खेलमा पनि
हतोत्साही नभई जितका लागि र देशको नामका लागि खेल्नुहोला� पहिलो जितको खुसी
साट्ने क्रममा उनले भनिन् ।
सामुदायीक ऐक्यबद्वता
सामाजिक अगुवा सागर नेपालको संयोजकत्वमा एक समिति बनाई लिगमा नेपाली
सुहभागिताका लागि केहि समय अघिबाट तयारी शुरु गरिएको थियो । सो टोलीले
नेपाली सहभागिताका लागि श्रोत र साधन जुटाउने काम गर्दै आएको छ । टोलीलाई
कतारस्थित नेपाली समुदायको सहयोग, सद्भाव र समर्थन रहँदै आएको छ । नेपाली
टोलीले शानदार विजयी शुरुवात गरेपछि यहाँस्थित नेपाली समुदाय थप उत्साहित
बनेको छ ।
http://nepalqatarnews.com/Articles/?cid=5453