भुवन के.सी. (दोहा) अर्घाखाँची सेवा समाज
दोहा कतारले दुवै मृगौला खराव भई उपचार गराइरहनु भएका अर्घाखाँची अर्घा
निवासी श्री मणिराम अधिकारीलाई उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

रोजगारीको सिलसिलामा कतारमा आएका पिडित
अधिकारी आफ्ना दुवै मृगौला खराव भएपछि कतारको हमद अस्पतालको प्रारम्भिक
उपचार पश्चात थप उपचारको लागि नेपाल हुदै हाल भारत पुग्नु भएको छ ।आर्थिक
अभावले गर्दा उपचारमा समस्या आएको भन्ने जानकारी पाउना साथ कतारमा
क्रियाशिल अर्घाखाँची सेवा समाज दोहा कतारले आर्थिक सहयोग बापत ने.रु.
१५००१ हिजो अर्घाखाँची जिल्लाको गा.वि.स. स्तरिय संस्था बागी सेवा समाज
दोहा कतारका अध्यक्ष श्री टोपलाल भुसाललाइ अर्घाखाँची सेवा समाज दोहा
कतारको पूर्व निर्णय अनुसार कोषाध्यक्ष श्री टेकराज थापाले हस्तान्तरण
गर्नु भयो ।
संस्था स्थापनाको छोटा समयमा नै
संस्थाले उल्लेख्य सामाजिक कार्य गरेको र आगामी दिनमा जिल्लाबासीको हितको
लागि संस्था लागि पर्ने र यसका लागि कुरा भन्दा काममा विषेश जोड दिनु पर्ने
भन्दै देश विदेशमा रहेका अन्य संघसंस्थाले पनि जिल्लामा रहेका समस्यामा
सहयोगी बन्नु पर्ने सस्थाका सल्लाहकार युवराज पोख्रेलले जानकारी दिनुभयो ।