Saturday, January 19, 2013

साउदीमा पैसा कमाउन आएकी सावित्री बिछिप्त अवस्थामा फर्किइन

५ सेप्टेम्बर २०१२
धरम के.सी.
पैसा कमाउन भनी साउदी अरब आएकी धनगढी न.पा. वडा नं. १२ कि साबित्री सिंहले डेढ बर्षमै आफ्नो मानसिक सन्तुलन गुमाउन पुगिन । साउदी मालिकले उनलाई यसरी मानसिक बिरामी भएकै कारण उपचार नगरी घरबाट निकालिदिएका थिए । कसैको सहयोगमा साउदी पुलिस स्टेशन अगाडी पुगेकी उनलाई पुलिसले नेपाली राजदूतावासमा खबर गरेपछि दूतावासले सावित्रीलाई आफ्नो सेल्टरमा ल्याएको थियो ।
सावित्रीलाई स्थानिय दलाल गोपिन मिश्रले बम्बई पुर्याएका थिए र पछि बम्बई बाटै यिनी साउदी आइपुगेकि हुन । ३० बर्षि

य सावित्री नेपालमा २४० बर्ष लगातार शासन सत्ता चलाउने सिंह (ठकुरी) परिवारकी हुन । गरिबीको पराकाष्ठामा पिल्सिदा पिल्सिदा बांच्नै कठिन भएपछि यिनी साउदी आउन बाद्य बनेकी थिइन । डेढ बर्षसम्म साउदीमा मानसिक यातना सहित कठोर शारीरिक परिश्रम गर्दा पनि यिनिसंग स्वदेश फर्किने हवाई टिकट किन्न रकम नभएपछि, साउदी मालिक र नेपालमा यिनलाई पठाउने दलालको सम्पर्क ठेगाना बताउन नसकेपछि नेपाली दूतावास रियादले एनआरएनए साउदी अरबसंग सहयोगका लागि अनुरोध गरेको हो । एनआरएनए साउदी अरबले महिला उद्धार कोषबाट ६८० साउदी रियालमा यिनको स्वदेश फिर्तिका लागि बहराइन एअरको टिकट खरिद गरेको हो । उनी गतः शुक्रबार २१ सेप्टेम्बरमा स्वदेश फर्केकी हुन । यो कोषबाट उद्धार गरिने साबित्री २३औं पीडित महिला हुन ।

http://www.nrnaksa.org