Saturday, January 26, 2013

अर्घाखाँची सेवा समाज दोहा कतारको आठौ मासिक बैठक सम्पन्न, मार्च १ मा बनभोज तथा भव्य सास्कृतिक कार्यक्रम एवं आधिकारीक वेवसाइटको उदघाटन हुने ।

-->
प्रवासमा अर्घाखाँचीबासी एक होऔ समाजका लागि केही गरौ भन्ने उद्देश्यका साथ कतारमा क्रियाशिल अर्घाखाँची सेवा समाज दोहा कतारको आठौ मासिक बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

अध्यक्ष युवराज पाण्डेको अध्यक्षता र द्धितिय उपाध्यक्ष चिरन्जीवि भटट्राईको स्वागत मन्तव्यबाट शुरु भएको सो बैठकमा समाजले विगतमा गरेका विविध क्रियाकलाप तथा आगामी दिनहरुमा सस्थाले खेल्नु पर्ने भुमिकाकोबारेमा उपस्थित कार्यसमिति पदाधिकारीहरु विचमा व्यापक छलफल भएको थियो । सो बैठकमा कतारमा कार्यरत अर्घाखाँचीबासीहरुलाई एकजुट गर्ने, सदस्यता वितरणलाई अझै तिव्रता दिने अन्य सामाजिक संघसस्थाहरुसँग अझै व्यापकरुपमा जनसम्पर्क गर्दै आगामी दिनहरुमा संस्थाको सामाजिक सेवाको उद्देश्यमा अगि बढने प्रण गरिएको थियो ।

बैठक सन्चालन गर्नुभएका समाजका सचिव विष्णु प्रसाद भुसालले उपस्थित पदाधिकारीहरु वीच संस्थाको बारेमा बोल्दै अर्घाखाँची सेवा समाज दोहा कतारले स्थापनाको काल देखि नै सामाजिक कार्यमा निकै सक्रियता पुर्वक लागेको र आफना गतिविधि तथा भावि योजना र सामाजिक सेवाका कार्यहरुलाई सम्पूर्ण विश्वभर छरिएर रहेका जिल्लाबाँसी एवं आम नेपाली दाजुभाई एवं दिदीवहिनी समक्ष पुराउन तथा जानकारी र सम्र्पकको माध्यमलाई अझै प्रभावकारी बनाउन समयानुकुल सुचना प्रविधिको प्रयोग गदै सस्थाको आधिकारिक इन्टरनेट सन्जाल वेवसाइट डव्लु डव्लु डट अर्घाखाँची सेवा समाज डट ओआरजीको शुरुवात गर्न लागिएको जानकारी दिनुभयो । सस्थाको सो वेवसाइट कतारका सामाजिक सस्थामा सम्भवत नयाँ प्रयोग भएको र सो वेवसाइट मार्फत आम जिल्लावासीहरुका विच सम्र्पकको महत्वपूर्ण माध्यम भएको सल्लाहकार नर बहादुर के.सीले बताउनुभयो । 

यसै गरि सस्थाले आगामी १ मार्च २०१३ मा विविध सास्कृतिक कार्यक्रम सहित बनभोज जाने निर्णय गरेको छ, कतारको समाल गार्डनमा बनभोज जानको लागि सस्थाले प्रतिव्यक्ति ३५ क.रि. शुल्क राखेको र कतारमा कार्यरत सम्पूर्ण जिल्लाबासीहरुलाई अनिवार्य सहभागी हुनु पर्ने र सो बनभोज कार्यक्रममा आम नेपाली दाजुभाई दिदीवहिनीहरु पनि सहभागी गराइने हुदाँ सवैलाई सहभागिताको लागि अध्यक्ष युवराज पाण्डे अनुरोध गर्नुभयो, स्मरण रहोस सो बनभोज कार्यक्रममा सस्थाको आधिकारिक वेवसाइटको पनि विधिवत लन्च हुनेछ । अत्यन्तै सौहार्दपूर्ण र पारिवारिक माहौलमा कतारको दोहा जैदामा सम्पन्न सो कार्यक्रमको सन्चालन सस्थाका सचिव विष्णु प्रसाद भुसालले गर्नुभएको थियो ,