Monday, May 13, 2013

अर्घाखाँची सेवा समाज कतारले गर्यो सुन्दर बेल्वासेलाई सहयोग ।


भुवन केसी, मे १३, कतार (दोहा), कतारको सोलर कतार कम्पनीमा कार्यरत अर्घाखाँची सिद्धारा २ का सुन्दर वेल्वासेलाई अर्घाखाँची सेवा समाज कतारले सहयोग गरेको छ ।
-->

विगत ५ वर्ष देखि कतारको सोलार कतार कम्पनीमा कार्यरत वेल्वासे स्वच्छाले फेरि नर्फकने गरि घर जान लागेकाले आफुले ५ वर्षसम्म कार्य गरेको अवधिको तलव सुविधा बाहेक अन्य सेवा सुविधाको लागि कम्पनीमा माग गरेका थिए तर कम्पनी व्यवस्थापन पक्ष सेवा सुविधा दिन तयार नभएपछि उनी समस्यामा परेका हुन् ।

आफनो समस्या लिएर नेपाली दुतावासको शरणमा पुगेका वेल्वासे नेपाली दुतावासबाट पनि सन्तोषजनक पहल नभएपछि आफ्नो समस्या लिएर अप्रवासी श्रमिकहरुको अन्तिम आशाको रुपमा मानिने श्रमिक अदालत (लेवरकोट) पनि पुगे तर दुताबास र लेवरकोर्टबाट पनि लामो समय गुज्रिदा पनि निराशा हात लागेपछि उनी कतारमा रहेको अर्घाखाँची सेवा समाजको सम्र्पकमा आएका हुन् । अर्घाखाँची सेवा समाजको सम्र्पकमा आए पश्चात सो सस्थाको पहलमा उक्त कम्पनीको व्यवस्थापन समुहसगँ प्रत्यक्ष सम्वाद र दवाव पश्चात निज सुन्दर वेल्वासेलाई उक्त कम्पनीको तर्फबाट सम्र्पुण सेवा सुविधा प्रदान गर्न सहमत भएको सस्थाका अध्यक्ष युवराज पाण्डेले जानकारी दिनुभयो ।
-->
पिडित सुन्दर वेल्वासेले अर्घाखाँची सेवा समाज कतारले गरेको पहलका कारण आफु कम्पनी मार्फत सेवा सुविधा प्राप्त गरि नेपाल र्फकन लागेको र दुताबास तथा लेवर कोर्टबाट पनि पहल नभएको समस्यालाई सेवा समाजले समाधान गर्न सक्षम भएकोमा खुशि प्रकट गर्दै सेवा समाजको कार्य समाचारमा देख्न र हेर्न पाइन्थ्यो तर आज आफुले नै समस्यामा परेको बेला काम आएको छ  भन्दै हामी सितको हरेक बोलाईमा खुशि र धन्यबादका शव्दहरु बोल्दै समाजको विकासको लागि अर्घाखाँची सेवा समाज एक उदाहारण भएको बताउनुभयो ।
-->
स्मरणरहोस ः अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डेलगायतको टोलीले उक्त समस्या समाधानको लागि कम्पनी व्यवस्थापन पक्षसगँ प्रत्यक्ष सम्र्पक स्थापित गरेको थियो र निज वेल्वासेले भोलि विहान ९ बजेको एअर अरेवियाको फलाइट मार्फत आफनो जन्मभुमि नेपाल फर्कने जानकारी भुवन केसीसगँको कुराकानीमा बताएका छन् ।