Friday, May 10, 2013

अर्घाखाँची सेवा समाज कतारको मासिक बैठक सम्पन्न

भुवन केसी, मे १० (कतार),  अर्घाखाँचीबाट कतारमा रहेका अर्घाखाँचीबासीहरुको सामाजिक सस्था अर्घाखाँची सेवा समाज कतारको दशौ मासिक बैठक विभिन्न निर्णय तथा छलफलका साथ सम्पन्न भएको छ ।
-->
अध्यक्ष युवराज पाण्डेको अध्यक्षतामा बसेको सस्थाको दशौ मासिक बैठकमा सो सस्थाका कार्यसमिति पदाधिकारीहरुको व्यापक उपस्थिति रहेको थियो । सस्थाका गतिविधि र बर्तमान स्थितिको बारेमा प्रकाश पार्दै अध्यक्ष युवराज पाण्डेले सवै जिल्लाबाँसीहरु समावेश र सहभागिता भएको थप समयानुकुल सामाजिक सस्थाको रुपमा स्थापित गर्न लागेको बताउदै सस्थाले शुरुको तथ्याकं संकलन अभियान तिव्रताका साथ चलिरहेको र यो अभियानलाई सफल पार्न अर्घाखाँचीबाँसीहरुलाई आग्रह गर्नुभयो ।

--> सस्थाको कार्यक्रम तथा भावि भुमिकाको बारेमा प्रथम उपाध्यक्ष भुवन केसी, कोषाध्यक्ष टेकराज टेकराज थापा सहकोषाध्यक्ष राजकुमार श्रेष्ठ, सचिवालय सदस्य ठाकुर कुमार परियार, सल्लाहकार युवराज पोख्रेल तथा केन्द्रिय सदस्यहरु दिपक कुवर, तिलक शारु मगर खगेश्वर भुसाल, दिपक नेपाली, बाबुराम कोइराला, कृष्ण शाहलगायतका पदाधिकारीहरुले वोल्नुभएको सो कार्यक्रम दोहाको मुटु जैदामा सचिव विष्णु प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।