Wednesday, April 17, 2013

अर्घाखाची सेवा समाज कतारको तथ्याकं संकलन अभियानको महत्व र हाम्रो अनुरोध

जन्मभूमि भन्दा सयौ कोष टाढा आफनो परिवार सँग विमुख भएर वर्षौ वि देशिनु बास्तममै कसैको पनि रहर भने अवस्य हैन् स्वदेशमा वर्षौ देखि गरिवी र वेरोजगारीको चपेटामा परेका देशका मुख्य शक्तिको रुपमा रहेका युवा युवतीहरु दिनानुदिन विदेशिने संख्या तिव्ररुपले बढिरहेको छ । जसको मुख्य कारण राजनैतिक अस्थिरता, रोजगारमुलक शिक्षाको कमी, स्वदेशमा बेरोजगारीको समस्या आदि कारणहरुले देशका होनहार युवा युवतीहरु प्रवासका अनेकौ मुलुकहरुमा जान बाध्य भएको कुरा तपाई हामीहरुसगँ दिनका घाम जस्तै छलंग छ ।
-->
युवायुवतीहरु आफनो घरजग्गा साहुँकोमा धितो राखी आफु लगायत आफनो परिवारको उज्जवल भविष्य बनाउनका लागि विदेशिन बाध्य भएका छन् । करिव ७० प्रतिशत युवा युवतीहरु झुटटा आश्वासन र दलालको भरमा परेर आफनो सम्पूण पसिना विदेशी भुमिमा बगाँउदा पनि समयमा तलव नपाउने समस्या भोगिरहनुपर्ने भएको छ । अर्को तर्फ एकै काम एउटै समयमा नेपाली र अन्य देशका युवा युवतीहरुको विचमा पनि तलव सेवा सुविधा फरक हुँदा पनि हाम्रो देशको सरकारले आफनो नागरिक प्रति उत्तरदायित्व नदेखाउने भएका कारणले अझ ठूलो समस्या पैदा भएको छ ।

--> रोजगारको सिलसिलामा विदेशिएका मध्ये अर्घाखाँची जिल्लाबाँसीहरु पनि कतारमा प्रशस्तै मात्रामा पाइन्छन् । दक्ष अर्धदक्ष जनशक्ति देखि  लिएर उद्यमी व्यावसायीहरु पनि बाक्लै छन् , यीनै कर्मठ अर्घाखाँचीबासीहरुको सक्रियतामा एउटा साझा सामाजिक सस्थाको आवश्यकताको महसुस गरि मित्रराष्ट कतारमा अर्घाखाँची सेवा समाज नामक सामाजिक सस्थाको स्थापना भएको छ । मानवियता एवं सामुहिक भावनाबाट ओतप्रोत भएका मातृभुमिबाट सयौ कोष टाढा रहदा समेत राष्ट र राष्ट्रियता एवं सामाजिक सेवालाई आत्मसात गर्न रुचाउने अर्घाखाँचीबासीहरु दोहा कतारमा समेत गोलबद्ध भएकोमा हामी आफैमा गौरव गर्दछौ । मातृभुमि नेपाल एवं जिल्लामा भैपरि आउने विषम परिस्थितीहरुलाई प्रवासमै भएपनि सामाजिक सेवाले भ्याए सम्मको योगदान गरि दोहा कतारमा उदाहारणीय सामाजिक सस्थाको रुपमा स्थापित गर्न यस सस्थाले आफनो स्थापनाकाल देखिनै स्वदेश तथा कतारमा कार्यरत सम्पूर्ण अर्घाखाँचीबासी दाजुभाई दिदीवहिनीहरुलाई आपतविपतको समयमा आर्थिक, भौतिक, नैतिक सहयोग पुराउदै आएको छ । यस सस्थालाई अझै प्रभावकारी बनाउनको लागि जिल्लासगँ समन्वय र सहकार्य गरि विदेशमा मात्र नभई अर्घाखाँचीमा पनि विभिन्न किसिमका रचनात्मक र सामाजिक विकास सुचनाहरुलाई प्रवाह गदै उक्त कामका गर्नको लागी सहज होस् भनेर अनलाइन समाचार पोर्टल डव्लु डव्लु डव्लु डट अर्घाखाँचीसेवासमाज डट ओआरजीलाई समेत सफलतापूर्वक सन्चालनमा ल्याएको छ । समाजले अर्घाखाँची जिल्ला अन्र्तगत प्रत्येक --> गा.वि.सका समस्त व्यक्तिहरुको सख्यात्मकरुपमा रोजगारी तथा व्यावसायिकरुपले कतार आएका  अर्घाखाँचीबासीहरुको तथ्याकं संकलन गरि जिल्लाबासीहरुमा आउने समस्यासगँ सामना गरि एक आपसमा मैत्रीपूर्ण भावनाको अभिबृद्धि गर्ने तथा गृह जिल्लामा भएका दैवि प्रकोप, शैक्षिक स्वास्थ्य, खानेपानी, सडक निर्माण, जस्ता सामुहिक सामाजिक विकासको लागि दोहा कतारबाट स्वच्छ मानाविय सहयोग गर्न कतारको विभिन्न स्थानमा वस्दै आउनुभएका अर्घाखाँचीबासीहरु महानुभावहरुले यस समाजले चलाएको यस तथ्याकं संकलन अभियानमा सहभागि बन्नु पर्ने आजको आवश्यकता हो र आफुलाई सभ्य नागरिकको सुचीमा नामाकरण गरौ साथै अर्घाखाँची जिल्लाको लागि नाम र परिचय दिन नभुलौ यदि यो अभियानमा छुटनु भनेको हामी वीचमा एकता नहुनु हो । -->

तसर्थ सम्पूर्ण साथीहरुले यस अभियानलाई सफल बनायौ भने छिटो भन्दा छिटो जिल्लामा नयाँ योजना सहित सामाजिक सेवा र विकास निर्माणका कामहरु गर्न अर्घाखाँची सेवा समाज लागि पर्ने छ । यो अभियानको लागि तपाईहरु जहाँ जे जस्तो अवस्थामा हुनुन्छ जसरी सहज हुन्छ समाजलाई आर्थिक, नैतिक भौतिक रुपमा सहयोग गर्न समेत अनुरोध गर्दछौ । साथै समाजले विभिन्न गतिविधि गर्दै आजको दिन सम्म आउदा जुन खालको अर्घाखाँचीबाँसी तथा गैर अर्घाखाँचीबासीहरुले सहयोग र सर्मथन गर्दै आउनुभएको छ त्यसले समाजलाई थप उर्जा मिलेको र अझ थप उपाईमा पुग्नको लागि सहज भएको छ । यो तथ्याकं संकलन अभियानको लागि अर्घाखाँची जिल्लामा ४२ गाविसबाट रोजगारीको सिलसिलामा कतारमा आएका
--> जिल्लाबाँसीहरुले प्रत्येक गाविसबाट एक एक जना प्रतिनिधिज्यूहरु छनोट गरि अर्घाखाँची सेवा समाजको केन्द्रिय समितिमा पेश गर्न पनि हामी अनुरोध गर्दछौ । साथै यो अभियानले समाजलाई अर्घाखाँचीबासीको अवस्था बुझनको निमित्त ठूलो टेवा पुग्नुका साथै जिल्लामा अग्रगामी सामाजिक परिवर्तन गर्नको निमित्त महत्वपूर्ण भुमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौ । अन्त्यमा नयाँ वर्ष २०७० को शुभ उपलक्ष्यमा अर्घाखाँचीबासीहरु, हाम्रा शुभचिन्तक, सहयात्री संघसस्था लगायत देशविदेशमा रहुनभएका सवै प्रति अर्घाखाँची सेवा समाज हार्दिक शुभकामना व्यक्त गर्दछ । -->
विष्णु प्रसाद भुसाल
सचिव
अर्घाखाँची सेवा समाज
कतार