२ नोभेम्बर २०१२
केदार नाथ ढुगांना
संसार चलायमान छ मानिसहरु गतिशील छन। मानवको बौद्धिक क्षमता, आधुनिक
विज्ञान, सुचना र संचारको विकासको माध्यमले नयाँ नयाँ अन्वेषण र रोजगारी र
अन्य व्यवसायका निम्ति मानिसहरु एक ठाउँबाट अर्को ठाउँ आवतजावत गरिरहन्छन ।
यति मात्र नभै यस पृथ्वीमा मानिसहरु वस्नु साँघुरो हुने हो की भन्ने
दुरदर्शी सोचाइले अन्य चन्द्रमा, मंगल ग्रह जस्ता भु–उपग्रहमा समेत
मानिसहरुको बसाई गराउने योजनामा लागी परेका छन बैज्ञानिकहरु । सायद यो
विश्व सानो भएको छ बढ्दो जमातलाई । हामी नेपालीहरु पनि कतिपय बाध्यात्मक
कतिपय भावनात्मक रुपमा आफु जन्मेको र काम गरेको ठाउँ वा अध्ययन अध्यापन
गरेको मुलुक लाई छाडेर अन्य राष्ट्रहरुमा कर्मथलो बनाएर बसिरहेका छौ ।
करिव दुई सय वर्ष यता तत्कालिन राणा शासनले नेपालीहरुलाई बेलायती
साम्राज्य सेनामा संलग्न गराए देखी भारत प्रवास बाहेकका तेश्रो मुलुकमा
लडाई लड्न जानु पर्ने अवस्था शुरु भयो । पहिलो र दोश्रो विश्व युद्धमा
अत्याधिक नेपाली विरहरुले ज्यानको वाजी थापेर साम्राज्यवादी युद्धमा भाग
लिए, लाखौ मारिए , इतिहासै नरहने गरी हजारौ बेपत्ता भए । सन १९५० मा राणा
शासन बाट मुलुक मुक्त भएपछि अन्य मुलुकमा पनि आवात जावत शुरु भयो । शिक्षा,
व्यापार र अन्य उद्दममा पनि नेपाली सम्बन्धित देशकै नागरीकता लिएर जमेर
व्यवसाय गर्न थाले । विश्वब्यापी रुपमा उदारवादी अर्थतन्त्रको राज शुरु भए
पछि यो क्रम झन बढी फैलियो । संसार नै एउटा राज्य हो अन्य राष्ट्रहरु
गाउँहरु जस्तै हुन भन्ने धारणा विकसीत भए पछि व्यापार तथा उद्दम गर्न भिसा,
नागरिकताको अडचन हुन छाड्यो ।
छिमेकी मुलुक चिनिया र भारतिय आप्रवासीको तुलनमा नेपाली कमै आप्रवासमा
छन । यद्दपी जनसंख्याको अनुपातमा नेपाली पनि कम होइनन । सन १९७० को दशकको
अन्त्यतिर चिनले क्रमिक रुपमा आफ्नो आर्थिक नितिलाई खुल्ला र उदार बनाउँदै
लगेपछि संसारमा उद्दम र व्यावसाय चलाएर धन र प्रशिद्धी कमाइरहेका
चिनियाहरुले चिनिया बजारमा लगानी गर्न थाले । सिप, कला सम्पत्ति तथा नयाँ
प्रविधि बारे राम्रो जानकारी रहेका चिनिया आप्रवासिले सम्पति र सिप मात्र
भित्रयाएनन नयाँ नयाँ प्रविधि र पहिचानलाई पनि भित्रयाए । अर्को छिमेकी
मुलुक भारतको पछिल्लो इतिहास हेर्द पनि लगभग त्यस्तै देखिन्छ । यसरी नै
देशहरुको इतिहासलाई हेरेर , सिकेर, जानेर नै संसारका विभिन्न मुलुकमा छरिएर
रहेका आप्रवासी नेपालीहरुले पहिलो पटक सन २००३ अक्टोवर २३–२४ मा आफ्नो
पहिलो विश्व सम्मेलन गरेर विधिवत रुपमा गैर आवासिय नेपाली संघ (Non
Resident Nepali Association) स्थापना गरे र क्रमिक रुपमा नेपाल प्रति
आफ्नो जिम्मेवारी लाई बढाउँदै लगीरहेको देखिएको छ र आजसम्म ६३ वटा
मुलुकहरुमा (सार्क मुलुक बाहिर) NRN को शाखाहरु खुलीसकेका छन ।
वितेका केही वर्षयता देशमा गैर आवासीय नेपालीका सामाजिक, साँस्कृतिक,
आर्थिक तथा राजनीतिक गतिविधि हवात्तै बढेका छन् । विदेशमा रहेका नेपालीहरु
धनी बन्दै गएका छन । त्यसैले उनीहरुमा देश विकासमा योगदान दिने भावन पलाएको
छ । विदेशमा बढेसकाको जीवन कठीन हुन्छ । बुढेसकालकै लागी चाहिन्छ आफ्नो
देश झन असी र नब्बे दशक पछि विदेशीएका नेपालीहर अब बुढेुसकालमा आफ्नो देशमा
प्रवेश गर्न लागेका छन् । जवानीका दिनमा कठिन मेहनतका साथ कमाएको पूँजी
देशमा लगानी गरेर यता र उता गर्दै सुखपूर्वक बाँकी जीवन विताउने मनोविज्ञान
बलियो हुन थालेको छ । जुनसुकै घरजम गरेर बसेका नेपालीहरु यतीबेला देश
विकासका लागी योगदान दिने भावना जागृत भएको छ । भावनात्मक हिसावले नेपाली
राष्ट्रियताका लागी यो सुखद कुरा हुन सक्छ । जब जब एन.आर.एन को नाम उच्चारण
हुन्छ, तव नेपालमा एन.आर.एन लगानीको लेखाजोखा शुरु हुने गर्छ । देश विकास
मा केही योगदान भए गैर आवासीय नेपाली बाटै हुन सक्ने अपेक्षा सरकारको समेत छ
। नेपालको अर्थतन्त्र यतिबेला अफ्टयारो मोडमा छ । देशमा विग्रदो राजनीतिक
परिवेश संगै आर्थिक क्षेत्रमा पनि प्रत्यक्ष–अप्रत्यक्ष असर परेको छ ।
राजनैतिक दलहरुले बेलैमा सही तरिकाले विवेकको प्रयोग गर्न नसकेको कारणले नै
नेपालको आर्थिक उन्नती नभएको कुरा दुइमत छैन । यस तर्फ सम्बन्धित पक्षको
बेलैमा ध्यानाकर्षण हुने अत्यावश्यक छ । देशमा दलिय सहमति जुट्न नसक्दा र
राजनीतिले मात्रै प्राथमिकता पाउँदा आर्थिक मुद्धा ओझेलमा परेका छन । देशमा
लामो अवधि सम्म टिक्ने सरकार नहुँदा वा पटक पटक सरकार परिवर्तन हुँदा
अहिले मुलुक राजनीतिक रुपमा अफ्टयारो मोडमा छ । राजनीतिक मोडमा अप्ठ्यारो
अवस्थामा भए पनि आर्थिक लगायत अन्य क्षेत्रमा त्यसको प्रभाव पर्न दिन
हुँदैन । नेपाल सरकाले सन २०१२ लाई लगानी वर्ष भनेर घोषणा पनि गरिसकेको छ ।
देश भित्र एन आर एन को लागनीहरु पनि बढ्दै छ । विभिन्न च्यारिटी र सामाजिक
सेवाका कामहरु पनि बढिरहेका छन् । यसलाई तिब्र पार्न गैर आवासीय नेपाली
संघ को अन्तराष्ट्रिय सन्जालले आफ्नो मातृभुमी नेपालको वृहत्तर हित र
विकासका लागी प्रवासी नेपालीहरु बाट न्युनतम देखी अधिकतम लगानी संकलन गरी
नेपालमा पब्लीक लिमीटेड कम्पनी स्थापना गरी ‘‘सामुहिक लगानी’’ को मुल
अवधारणा अघि सारेको छ । यही सेप्टेम्बर २०१२ सम्म पूँजी संकलन गरी कार्यलाई
अघि बढाउन नेपाल सरकार संग सहमती भै सकेको छ । यसको लागी एउटा केन्द्रिय
कार्यदल गठन गरि हरेक देशमा सामुहिक लगानी सम्बन्धि अन्तक्रिया कायक्रमहरु
सम्पन्न गरेको छ र विमिन्न देशहरुमा राष्ट्रिय समन्वय परिषद अन्तरगत पनि
सामुहिक लगानी समितिहरु पनि गठन गरी यसको कार्य तथा पक्रिया अगाढी बढिरहेको
छ ।
गैर आवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजीलाई प्रचलित कानुन बमोजिम
नेपालमा मुख्य कार्यालय रहने गरी लगानी गर्ने उद्देश्य सहितको पब्लीक
लिमीटेड कंम्पनी स्थापना गनरी उक्त कम्पनीमा जम्मा भएको पूँजी सोही
कंम्पनीको नामबाट नेपालमा उर्जा लगायत अन्य क्षेत्रमा लगानी गर्ने
उद्देश्यले यो अवधारण ल्याइएको हो । गैर आवासीय नेपाली विदेशमा बस्ने
नेपाली तथा नेपाली मुलका विदेशी नागरिक दुवैले यस कम्पनीमा लगानी गर्न
सक्ने छन् । संस्थापक शेयर धनी हुनका लागी एक ब्यक्ती वा समुहबाट न्यूनतम १
लाख देखि अधिकतम १ करोड नेपाली रुपैयाँ लगानी गर्न सकिने छ । लगानी
कर्ताले आफुले लगानी गर्न कवुल गरेको रकम कम्पनी दर्ता हुने समयमा
प्रस्थावित कम्पनीको बैकं खातामा जम्मा गर्न पर्ने छ । कम्पनीको अधिकतम
पूँजीलाई प्रति शेयर १०० का दरले ५ करोड थान साधारण शेयरमा लगानीका लागी
आमन्त्रण गरिने छ । संस्थापक शेयर धनी हुनका लागी न्यूनतम लगानी क.१ लाख
तोकिएकोले सो भन्दा कम लगानी गर्न चाहनेहरु छुट्टै समुह बनाई कर्पोरेट
लगानी कर्ता भई कम्पनीमा लगानी गर्न सक्छन । यसरी समुह बनायर लगानी गर्न
चाहने गैर आवासीय नेपालीहरुले आफ्नो छुट्टै कम्पनी स्थापना गर्न सक्नेछन र
सो कम्पनीले मूल कम्पनीमा संस्थापक शेयर धनीका रुपमा लगानी गर्न सक्ने छ ।
गैरु आवासीय नेपाली सम्बन्धि ऐन २०६४ बमोजिम नेपाली मूलका विदेशी नागरिकले
पनि नेपाली नागरिक सरह नेपालमा उद्योग व्यवसायमा लगानी गर्न पाउने छन । गैर
आवासीय नेपाली सम्बन्धी ऐनको दफा १३ बमोजिम कम्पनी स्थापनामा धेरै गैर
आवासीय नेपालीहअरुको सहभागीता गराउन र सहज कार्यका लागी विभिन्न क्षेत्र
तथा राष्ट्रहरुमा लगानी गर्न इच्छुक साथीहरु विच समुह वा उपसमुहहरु बनाउन
सकिने छ । यस लगानी सम्बन्धि सम्पूर्ण विशेष व्यवस्था हरु गैर आवासीय
नेपाली सम्बन्धी ऐन २०६४ मा उल्लेख गरेको छ । हाल एन आर एन पाँचौ विश्व
भेलाको घोषणा पत्रमा उल्लेख भए बमोजिमको हाइड्रो पावर क्षेत्रमा १००
मेगावाटको विजुली उत्पादन गर्ने योजना छ । यो परियोजना पुरा गर्न झण्डै ४÷५
वर्ष सम्म लाग्छ ।
यसरी विश्वभरका नेपालीहरुलाई एउटै मालामा गाँस्ने अभियान गैर आवासीय
नेपाली संघ एन आर एन ले थालेको छ । जुन आफैमा सकरात्मक कदम हो । अहिले
मातृभुमीको आर्थिक र सामाजिक रुपान्तरमा एन आर एन हरूको
प्रत्यक्ष–अप्रत्यक्ष सहभागीता छ । अर्को हिसावले भन्नु पर्दा अर्थतन्त्रको
सहयात्री बनेका छन एन आर एन । विश्व बैकंले हालै गरेको संसारभरको
आप्रावासको व्यवस्था र विदेशिएका नागरिकको आफ्नो देशमा पठाउने रकम
(रेमिट्यान्स) बारे गरेको अध्ययनमा नेपाल संसारकै उत्कृष्ट पाँचौ देशमा
परेको छ । विश्वभरका नेपालीहरुलाई भावनात्मक रुपमा एक ठाउँमा उभ्याउन र
स्वदेशमा लगानीको लागी प्रोत्साहित गर्न एन आर एन को अभियान छोटो अवधिमा
राम्रो उपलब्धी मान्न सकिन्छ । ६४ देशका ३५ लाख नेपालीहरु माझ नेटवर्क
विस्तार गर्नु एन आर एन को अभियानको सवैभन्दा ठुलो उपलब्धी हो । अब छरिएर
रहेका नेपालीहरुको पूँजीलाई एकिकृत गरेर अगाडी बढाउन पर्ने चुनौती एन आर एन
अभियानका अगाडी खडा भएको छ ।
अन्त्यमा हामी अहिले सवै विदेशमा भएपनि यो देश जहाँ हामी जन्मियौ यस
प्रति हाम्रो कर्तव्य छ । हामी आफ्नो जन्मभूमीको कर्तब्यबाट बिमुख हुन
हुँदैन । हैसियत अनुसार सबै नेपालीले आफ्नो देश, गाउँ र समाजका लागी केही न
केही सामाजिक कार्यहरु गर्नु पर्दछ । विदेशमा बस्ने सबै नेपालीहरुको छाता
संगठन एन आर एन को विश्वव्यापी संजालले संसारको जुनसुकै देशमा रहे पनि
हामीहरु विच परिचय गराएको छ । यो चिनजानीलाई मन, सोच र भावी कार्य मिल्नेको
साना–ठुला समुह बनाई सामुहीक लगानी गरी घर गृहस्थी देखी राष्ट्रको आर्थिक
परनिर्भरता मा कमी ल्याउनुका लागी साथै देशको सर्वागीण विकासमा संलग्न भई
भौगोलिक, प्राकृतिक र सांस्कृतिक रुपमा सुन्दर र भरिपूर्ण देश नेपाल लाई
समद्ध राष्ट्र बनाई सम्पन्न नागरिकको रुपमा शिर उच्च गरी जिउने अभियानमा
लाग्नु हामी सवैको कर्तव्य हो ।
( लेखक गैर आवासीय नेपाली संघ , स्पेनका कोषाध्यक्ष हुनुहुन्छ )
http://www.nrnaksa.org/?p=10284