Saturday, January 19, 2013

सबै ब्यवसायीहरू इमान्दार र जबाफदेही हुनुपर्दछ – धरम के.सी.

करिव ६ लाख नेपाली कार्यरत  साउदी अरबको एनआरएनए एनसीसीका अध्यक्ष रहनु भएका धरम के सि  सानैदेखि बुद्धिचाल अर्थात चेस खेल खेल्न मनपराउने र बादविवाद प्रतियोगितामा विद्यालय देखि नै मेडल उ

-->
छिन्न पछि नपर्ने ब्यक्ति सन १९९२ देखि  साउदी अरबको एक कम्पनीमा प्रोजेक्ट ईन्जिनियरको रुपमा कार्यरत हुनुहुन्छ । बुबा चन्द्रवीर केसी र आमा शुशिला केसीको माईलो छोरा केसी राजा हरिचन्द्रको कथामामा भनिए झै कर्म अजमाउन मुलुक भन्दा टाढा साउदी अरबमा २० औ बर्षदेखि  हुनुहुन्छ ।    सन १९६५ मा दांग जिल्लाको फूलवारीमा जम्मनु भएका केसीको प्रारम्भिक शिक्षा गाउँमा नै भएको थियो भने बालमितेरी निमावि हुदै तुलसीपुर दांग बाट २०३८ सालमा एसएलसी, पुलचोक सिभिल ईन्जिनियरिन क्याम्पसबाट प्रविणता प्रमाण पत्र तह , ईन्जिनियरिन काउन्सिल यूके बाट कन्स्ट्रक्सन म्यानेजमेन्टमा ग्रयाजुएट डिप्लोमा गर्नु भएको थियो । यसरी नै केसीले डिप्लोमा ईन कम्प्युटर प्रोग्रामिन एण्ड एप्लिकेसन,नेपालमा युनिसेफ, युनेस्को र  निदरल्याण्ड विकाश नियोग मा कार्यरत रहदा थुप्रै प्रोफेसनल र सोशल ट्रेनिनहरु लिएर एक दक्ष जनशक्तिका रुपमा आफ्नो पहिचान बनाउनु भएको छ । तालिम र अध्यानको क्रममा केसीले थाईल्याण्ड, चिनको चेग्दु र भारतका विभिन्न शहरहरु पुग्नु भएको छ ।    पत्रकारितामा आफ्नो विशेष अभिरुची रहेको बताउने केसीको कलम पनि निक्कै धारिलो छ । उहाँका आलेखहरु, टिप्पणीहरुले मध्यपूर्वका नेपालीहरुमा छुट्टै पहिचान बनाएको छ । रोजगारीका क्रममा उहाँ साउदी स्थित रियाद र सुलईलमा दुई बर्ष,दमाम, अबकिक र साउदीको पूर्वी क्षेत्रमा सन २००० यता लगातार रुपमा कार्यरत हुनुहुन्छ । लामो समयको साउदी बसाईर नेपाली समाज प्रतिको उहाँको चासो र चिन्तनबाट नेपाल सरकार, कुटनैतिक निकायहरु र त्यहाँ कार्यरत नेपाली संघ सँस्थाले धेरै अनुभवहरु उहाँबाट प्राप्त गर्न सक्दछन भने सिंगो खाडी क्षेत्रका नेपालीले पनि धर्म केसीको नेतृत्व  पाए केही गर्न सक्ने विश्वास धेरैको छ । यीनै क्षेत्रका समसामयिक सवालमा केन्द्रीत भएर नेपाल कुवैत डट कम तथा मरुभूमिको कोसेलीका लागि सवालहरुमा  धरमकेसी का मननिय जवाफहरु विस्तारमा !
-->
प्रश्न सर्वप्रथम यहाँलाई नेपाल कुवेत डट कममा स्वागत छ । खाडीको बसाई  कस्तो छ यहाँको ?
संघर्ष र चुनौतिपुर्ण
प्रश्न एनआरएनमा अबाद्ध भएकोनिक्कैभयो होला  नी हैन ? के कस्ता कामहरु गर्नु भयोनी यहाँ भित्र रहेर ।
साउदी अरबमा एनआरएनएको स्थापना (२००७)देखिनै, पहिलो कार्यकालमा एनसिसी सल्लाहकार र महासचिव, दोस्रो र तेस्रोमा एनसिसी अध्यक्ष  कामहरूः बैदेशिक रोजगारमा ब्याप्त ठगी र अबैध दलालीलाई दुरूत्साहित गर्दै कामदार उद्धारमा निरन्तर संलग्न, उद्धारकै लागि कोष, नीति निर्देशिका सहितको संस्थागत संरचना निर्माण, नेटवर्क बिजनेस, हुण्डी लगायतका अबैध गतिबिधिमाथि पनि निरन्तर प्रहार गर्दै आएको ।
प्रश्नएनआरएनएमा विद्रोही मान्छे पनि भनिन्थ्यो एकताका यहाँलाई अहिले त एनसीसी साउदीको अध्यक्ष र प्रोजेक्ट च्याम्पेन  समेत हुनुभएको छ । के कस्तो सेवा दिन सक्छ एनआरएनए ले खाडीमा रहेका हजारौ कामदारको पिडामा ? 
खाडीमा पीडित कामदारहरूका लागि एनआरएनएले बास्तवमै धेरै काम गर्नसक्थ्यो, थोरै गरेको पनि छ । खासगरी रोजगारमा ठगी र अनियमितता रोक्नका लागि, रोजगारको स्तर बृद्धीका लागि, कामदारहरूको सुरक्षा र उद्धारका लागि एनआरएनएले अझै पनि ठूलो रचनात्मक र प्रभावकारी भूमिका खेल्नसक्दछ । तर समग्रमा एनआरएनए मन, बचन र कर्मले यस पून्य कार्यमा लागेको छैन, केही देखावटी र प्रचारमुखी कार्यमै सिमित छ ।
• यहाँको प्रोजेक्टको बारेमा छोटकरिमा बताई दिनुस न ! 
‘बैदेशिक रोजगार सूचना केन्द्र’ एनआरएनएको प्रोजेक्ट हो । सही र यथेष्ट सूचना तथा जानकारी पाउन नसक्दा पनि धेरै नेपाली कामदारहरूले प्रबासमा ठगी, शोषण र कष्ट झेल्नुपरेकाले तिनै कामदारहरूलाई सुसूचित पार्नका लागि जानकारीमूलक पूस्तिका निकाल्ने र बितरण गर्ने गराउने यो प्रोजेक्टको मुख्य उद्येश्य हो ।
प्रश्न एनआरएनएलाई हुने खानेको संस्था भन्ने गर्छन । खाडीको सन्दर्भमा हुने खानेहरुको संस्था नभए पनि एजेन्टहरुको पक्ष पोषण गर्ने संस्था हो भनेको सुन्निन्छ   नी ? कत्तिको  छ साउदी एनआरएनमा झोले दलालको  पहुच ?
एनआरएनएको बिधानले त्यसो भन्दैन, ब्यवहारले त्यस्तो आभाष गराएको हुनसक्छ । सबैको साझा संस्था भएकोले यसमा म्यानपावर ब्यवसायीहरू पनि सहभागी हुनु स्वाभाविकै हो । को कस्तो एजेन्ट वा दलाल भन्नु भन्दा पनि हामी को बैध र को अबैध भनि हेर्न चाहन्छौं । अबैध दलाल र तिनका गैर कानुनी कृयाक्लापहरूको हामीले हमेशा बिरोध र आलोचना गर्दै कार्बाहीको माग गर्दै आएका छौं । सबै ब्यवसायीहरू इमान्दार र जबाफदेही हुनुपर्दछ । खसीको टाउको देखाएर कुकुरको मासु बेच्नु हुंदैन । एनआरएनए साउदी अरबमा पनि केही म्यानपावर ब्यवसायीहरू हुनुभएता पनि हामीले वहांहरूकै पक्षपोषण गर्ने काम गरेका छैनौं ।
प्रश्न एनआरएनकै पदाधिकारीले बैदेशीक रोजगारमा गएका कामदारलाई ठगी गरिरहेका घटना पनि सार्वजनिक भएका छन् । दुबई घोषणापत्रमा पनि यसलाई पुष्टि गर्दै एनआरएनको संस्थागत संरक्षणमा गैरकानुनी काम भएको भन्दै कारबाही गर्ने भनियो, कहां हरायो यो कुरा ?
हो, यहिनेर चुकेको छ एनआरएनए । यसैकारण नै खाडीमा एनआरएनएले यहांका आम नेपाली श्रमिकहरूको मन, आस्था र बिश्वास जित्न सकेको छैन । कति घटनाहरू त जानकारीमै आउंदैनन (सार्बजनिक हुंदैनन), जानकारीमा आए पनि पीडकलाई दोषी सावित गर्न प्रमाण पुग्दैनन (जुटदैनन), दोष प्रमाणित भैहाले पनि पीडकलाई संरक्षण र सहानुभूति पुर्बक ब्यवहार गर्दै माफी दिइन्छ । एनआरएनएभित्र बिकसित यही संरक्षण, सहानुभूति र माफी संस्कृतिले पनि यो संघलाई “निकम्मा” र ‘निस्प्रभावी’ बनाएको छ र ‘दण्डहिनता’ मौलाउंदो छ ।
प्रश्न खाडिमुलुकमा एनआरएनको टोपी लगाएर गलत काम गरि राखेका छन भन्ने हिराचन जि को अभिब्यक्तिमा सच्चाई छैन र ?   यस्तै भनाई उपेन्द्र महतोज्युबाट पनि आएको हो, एनआरएनले एनआरएनलाई नठग्नुहोस भन्नुभएको हो । तर सबै एनआरएनएहरूलाई एउटै श्रेणीमा राख्नुहुंदैन । यो संघमा धेरै राम्रा ब्यक्तित्वहरू पनि छन । संघमा गलत ब्यक्तिहरूको घुसपैठ भएको हुनसक्छ, कति गलत काम गर्नेहरूका पक्षपोषक हुनसक्छन । तर बाहिरबाट हेर्दा सबैजना सफेद पोशाकमा सजिने हुंदा कसैलाई पनि गलत भनी हाल्न मिल्दैन ।
प्रश्न समग्र खाडीका समस्या एउटै जस्ता छन तर कुवेत जहिल्यै चर्चामा रहेको देश भनिन्छ कसरी अध्यायन गर्नु भएको छ कुवेतलाई ? छिमेकी मुलुक भएकोले र तपाईहरूजस्ता मित्रहरूसंगको नियमित सम्वादबाट पनि त्यहां हुने घटना परिघटनाहरूबाट अनभिज्ञ छैन । एनसिसीभित्रै पनि उथलपुथल भए । अनौठो लाग्छ । तर कति बिषयबस्तुहरूमा साउदीबाट टिप्पणी गर्न मिल्दैन ।
प्रश्न एनआरएनलाई पहिले जसरी उत्साहजनक रुपमा लिन छाडिए जस्तो तपाईलाई लाग्दैन ? खाडिको कुरा गर्दा एक लाख बराबर ‍एकसय सदस्य पनि छैनन् नी ?  
सांचो अर्थमा खाडीमा एनआरएनएप्रति शुरूदेखिनै त्यती धेरै उत्साह नजागेकै हो । महाधिवेशन अर्थात चुनावको बेला बाहेक अरू समयमा सदस्य मुखी सोंच र उत्साह जगाउने खासै कामै हुनसकेनन । सदस्य संख्या न्यून हुने अरू पनि कारणहरू छन ।
प्रश्न  एनआरएनएले खाडिका मजदुरहरुको कुनै वकालत गरेन भन्छन । कस्ता एनआरएन हुन खाडिका कामदार ? अनि पटके श्रम र बिमाको कुरा कहाँ हरायो ? 
एनआरएनएले खाडीका मजदूरहरूको कुरै नउठाएको होइन । दूतावास स्थापना, श्रम सहचारी, श्रम सम्झौता, अनिवार्य बिमा, कल्याणकारी कोष स्थापना लगायत हालैको पटके श्रम स्वीकृति र बिमाको ब्यवस्थापन (सहजिकरण)मा पनि एनआरएनएको पहल, भूमिका र योगदान रहेकै छ । तर खाडीका नेपाली कामदारहरूका मुद्धाहरू अक्सर ओझेलमै पर्ने र एनआरएनएभित्रै ठूलो संख्यामा रहंदा पनि आवाज भने सानो हुने र कहिले काही त हामी खाडीका मजदुरहरू एनआरएन हौ या होइनौं भन्ने भ्रम समेत सृजना नभएका होइनन ।
प्रश्न प्रवासमा बसेर निक्कै राजनिती गर्ने मानिस भन्छन नी कस्तो प्रकारको राजनिती गर्नुहुन्छ ?
जुन ब्यक्तिले कुनै पनि राजनैतिक दलको सदस्यता नै लिएको छैन, त्यसले कस्तो राजनीति गर्छ होला ? हो, बरू म राजनीतिको शिकार भने भएको छु । तपाईलाई थाहै छ, एनआरएनएको पांचौ बिश्व सम्मेलनमा कतार र युएईका केही मित्रहरूले मेरा बिरूद्ध राजनैतिक गठबन्धन गर्नुभयो र मलाई अघि बढ्नबाट रोक्नुभयो ! गैर राजनैतिक संस्थाभित्र त्यस्तो राजनीति अबाञ्छित, अनपेक्षित र अकल्पनीय थियो । त्यही राजनैतिक गठबन्धनकै फलस्वरूप आइसिसीका सबै प्रमुख पदहरू युएई र कतारमै थुप्रिएका त छन तर ….
प्रश्न. तर तपाईलाई कतिले माओवादी कतिले कांग्रेस पनि भन्दा रहेछन नि ?
हेर्नुस नेपालमा कुनै पनि राजनैतिक दलहरू दूधले धोएका छैनन, न त कुनै नेता नै त्यस्ता छन । गुण र दोषका आधारमा सबैको समर्थन र आलोचना गर्न पाउनुपर्दछ । कुनै दलमा आवद्ध् हुनुभयो भने तपाई त्यो दलको अनुशासन र आचारसंहितामा बांधिनुहुन्छ, तपाईले आफ्नो स्वतन्त्रता गुमाउनुहुन्छ । म स्वतन्त्र छु र स्वतन्त्र रहन चाहन्छु, यसैले कुनै पनि राजनैतिक दलमा आवद्ध् छैन । प्रबास त्यो पनि खाडीका मुलुकहरूमा राजनीति गर्न खोज्नुको खासै अर्थ पनि छैन बरू निकै जोखिमपुर्ण छ ।
प्रश्न एनआरएनएमा चैं राजनीति हावी भएकै हो त ?
एनआरएनएको “गैर राजनैतिक” बिशेषता अब कस्मेटिक श्रींगार या हात्तीको देखाउने दांत जस्तो मात्र रह्यो । यस संघको असली अनुहार र चपाउने दांत अब धेरैले देखिसकेको अवस्था छ । यही नै यस संघका सच्चा शुभचिन्तक र हिमायतीहरूका लागि दुख र चिन्ताको बिषय पनि बनेको छ ।
  धरम के सि ले बाहिर मिडियामा दलालहरु को बिरोध गर्छन । धेरै लेख्छन तर भित्र भित्रै उनीपनि म्यानपावरका एजेन्ट हुन भन्ने आरोप छनी ?
म यदी म्यानपावरको एजेन्ट भएको भए एजेन्सी नै चलाएर बस्थ्ये, जागिर खांदैनथिएं र यो संस्था (एनआरएनए) मा पनि बस्दैनथ्यें । त्यस्तो अफर नआएको भने होइन । त्यो ब्यवसायमा मेरो अलिकति पनि संलग्नता यदि हुन्थ्यो भने, त्यो ब्यवसायमा ब्याप्त तमाम बिकृती र बिसंगति प्रति निरन्तर प्रहार गर्ने निर्भिकता, उर्जा र उत्प्रेरणा पनि म मा जाग्दैनथ्यो होला । साउदी रोजगारदाताको गाडी होइन आफ्नै प्राडो, ल्याण्ड क्रुजरमा घुम्थ्ये होला ।
• ठग दलाल समात्नेलाई पुरस्कारको घोषण गर्नु भएको थियो । कतिजनाले पाए पुरस्कार ?  
अहिलेसम्म दुई वटा संगठन (संस्था) पुरस्कृत भएका छन ।
प्रश्न तपाईले हुण्डीको पनि खुब बिरोध गर्दै आउनुभएको छ तर सुनिन्छ तपाई आंफैले पनि हुण्डी गर्नुहुन्थ्यो रे नि ?! हो, यो अबैध धन्दालाई भित्री गहिराईसम्म बुझ्नकै लागि म आंफैले २-३ चोटी हुण्डीबाटै पैसा नेपाल पठाएको हुं र २-३ चोटीमै मैले राम्ररी बुझ्ने मौका पाएं पनि ।
प्रश्न  तपाईले खाडिका एनसीसीहरुमा हस्तक्षेप गर्नु हुन्छ गरे, एक अध्यक्षले तपाईलाई खाडिको भाइरस हो भनि गुगलमै लेखे भन्ने हल्ला चलेको छ ! के हो सत्यता ?  
त्यो मेल लेख्नेले नै पछि “प्रोभोकेटिभ भयो” भन्दै माफी माग्दै शब्द फिर्ता लिएकोले र किटानीका साथ मतर्फ लक्षित पनि नरहेकाले म त्यसमा फर्किन चाहन्न । तर मेरो चरित्र र भूमिका सुहाउंदो शब्द चैं भाइरस नभई ‘एन्टी भाइरस’ चैं हो । त्यो मेलमै पनि एकजनाले सारालाई पिञ्च गरेको भनिएको छ, कम्प्युटरमा पनि एउटा एन्टिभाइरसले सारा भाइरसहरूलाई पिञ्च गर्छ, स्क्यान गर्छ, डिटेक्ट गर्छ र सफा गरी कम्प्युटरलाई स्वस्थ राख्ने कोशिस गर्छ । मैले माथि नै भनिसके कुवेतको एनसिसीमा उथल पुथल भयो, मैले केही बोलिन । अरू मुलुकहरूको एनसिसीभित्र पनि कुनै हस्तक्षेप गरेको छैन, गर्न आवश्यक पनि ठान्दैन । तर जब कुवेतका एनसिसीका सदस्य तथा पदाधिकारीले बेचेका महिलालाई साउदीमा हामीले उद्धार गर्नुपर्छ, या आइसिसीका अफिस बियररको कार्य सम्पादन या अनुशासनहिनताको कुरा आउछ, हामि साउदीबाट पनि बोल्न, लेख्न बाद्य बन्छौं किनकी एनआरएनए आखिर अन्तराष्ट्रिय सामाजिक संस्था हो, समग्र संस्था आफैमा कुनै मुलुकको सिमाभित्र सिमित छैन । एउटा मुलुकको एनआरएनएले गर्ने राम्रो या नराम्रो कामले धेरथोर अरू मुलुकमा पनि असर पारिरहेको हुन्छ, सिंगो संस्थालाई नै असर पारेको हुन्छ ।
प्रसंग बदलौ !
प्रश्न सउदि अरबमा नेपालीहरुको अवस्था अहिले कस्तो देख्नु हुन्छ ?
नयां राजदूत उदयराज पाण्डेयज्युको आगमनपश्चात केही सुधारका आसाहरू जागेका छन ।
प्रश्न  घरेलु महिला कामदार ल्याउने हो भने सरकारले उनीहरुको सुरक्षित रोजगारको बातावरण बनाएर ल्याओस नत्र बन्दै गरोस भन्ने सउदि राजदुत उदयराज पाण्डेको  तर्कसँग यहाँको प्रतिक्रिया के छ ? 
- शत प्रतिशत सहमत छु ।
प्रश्न  साउदीका लागि आउने एक नेपाली लेबर वा घरेलु कामदारले कम्तिमा कति तलब पाउछन ।  अनुमानित संख्या कति होला र त्यसमध्ये महिलाहरुको संख्या कस्तो छ  ?
यस अघि त मात्र २५० साउदी रियालको तलबमा समेत नेपाली कामदार साउदी अरब आएको पाइएको थियो तर अब त राजपत्रमै प्रकाशित भैसकेकोले न्युनतम तलब (महिला, पुरूष) सबैको १ हजार रियाल नै हो । हाम्रो अनुमानमा यतिखेर करीब साढे ६ लाख नेपाली कामदारहरू साउदीमा छौं जसमध्ये करीब १ लाखको संख्यामा भगौडा पुरूष कामदार र ५०-६० हजारको संख्यामा महिला कामदारहरू रहेका छन। महिलाहरू ९९% घरेलु कामदारका रूपमा छन र ती सबै भारतिय बाटो हुंदै अबैध ढंगमा आएका या कुवेतबाट भित्रिएका नेपाली महिलाहरू हुन ।
प्रश्न  पाचौ बिश्व सम्मेलनमा खाडि संयोजकको पद सहमतिमा छोडनु भयो । आउदो सम्मेलनमा कुन पदकोलागि दावेदारि गर्दै हुनुहुन्छ ?
आउंदो बिश्व सम्मेलन अघि नै म एनआरएनएबाट बाहिरिदै छु, यो मेरो आत्मनिर्णय हो । मैले एनआरएनएमा पदका लागि दावा वा लडाई कहिल्यै गरिन । प्रतिस्पर्द्धाबाट डराएर चैं होइन । साथीहरूले निर्बिरोध नै पदिय जिम्मेवारी सुम्पदै आउनुभएको हो ।
प्रश्न  देशको राजनीतिक अबस्था र बिदेश पलायन हुन बाध्य भएका युवा जनसक्तिलाई कसरी हेर्नुहुन्छ ।
सकभर बिदेश आउनैहुंदैन , नेपालमै केही गरेर नेपाललाई सुधार्नुपर्छ, बिदेश आउनै पर्दा सबै कुरा राम्ररी बुझेर मात्रै आउनुपर्छ, ठगिनुपर्दा ठग दलाललाई कार्बाही गर्नसक्ने हिम्मत, अठोट र आधार मिलाएर आउनुपर्छ । बिदेशमा ठगिनेहरूको पक्षमा नेपालको युवा जनशक्तिले पनि आवाज बुलन्द पार्नुपर्छ ताकि ठगी, तस्करी र शोषण निरूत्साहित बनोस ।
प्रश्न  तपाईको बिचारमा यतिबेला देशको राजनीतिक निकास के हुन सक्छ ? 
“सम्झौता” जसका लागि सबैले केही न केही छोड्न (त्याग्न) तयार हुनुपर्छ । दलिय, जातिय, प्रादेशिक राजनीति (सोंच) बाट माथी उठेर राष्ट्रिय चिन्तन बोकेर सबै अघि बढेमा निकास सम्भव छ ।
अन्तमा हाम्रो मिडिया मार्फत केहि भन्न चाहानु हुन्छ ।
प्रबासी पत्रकारितालाई सलाम गर्दै सबैलाई आफ्नो दलिय राजनैतिक, जातिय, धार्मिक, साम्प्रदायिक र ब्यवसायिक स्वार्थबाट माथी उठेर प्रबासी नेपाली समाजलाई बिकृतिरहित, शान्त, एकताबद्ध्, सुरक्षित र सुमधुर बनाऔं ।

http://www.nrnaksa.org/?p=9509