Saturday, January 19, 2013

अर्घाखाँची सेवा समाज, दोहा कतारको मासिक बैठक सम्पन्न, मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान

अक्टोबर 5, दोहा कतार,
Photo: अर्घाखाँची सेवा समाज, दोहा कतारको मासिक बैठक सम्पन्न, 
मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान
----------------------------------------------------------------------------
अक्टोबर 5, दोहा कतार,
अर्घाखाँची सेवा समाज दोहा कतारको छैठौ मासिक बैठक दोहाको मुन्तजा पार्कमा सम्पन्न भएको छ । संस्थाका प्रथम उपाध्यक्ष भुवन के.सीको अध्यक्षतामा सम्पन्न सो वैठकमा संस्थाका पदाधिकारीहरुको व्यापक उपस्थिति रहेको थियो । द्धितीय उपाध्यक्ष चिरन्जीवी भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरुले संस्थाको विगत र भावि कार्य योजनाको बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । सो वैठकले रोजगारीको सिलसिलामा विगत ५– ६ बर्ष देखि कतारमा कार्यरत अर्घाखाँची अर्घा गा.वि.स. वार्ड नं. ३ का मणिराम अधिकारीको अचानक दुवै मृगौला खराव भई हाल उपचारको क्रममा रहेकाले आर्थिक सहयोग स्वरुप ने.रु. १५००१ प्रदान गर्ने निर्णय गरेको छ, आफ्नो स्थापनाकाल देखि नै विभिन्न समाज सेवाको कार्यमा सरिक भएको अर्घाखाँची सेवा समाजको यो अर्को समाज सेवाको महत्वपूर्ण उदाहारण भएको संस्थाका युवराज पोख्रेलले बताउनुभयो, । साथै विगत लामो समय देखि अर्घाखाँची जिल्ला अस्पतालमा जनस्वास्थ्य प्रमुखको रुपमा कार्यरत चिकित्सक डां चित्र प्रसाद शर्मा वाग्ले अस्वस्थ्य भई हाल भारतको नयाँ दिल्लीमा उपचारको क्रममा रहनुभएकाले उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गदै आगामी दिनमा आवश्यक परेमा सहयोगको समेत प्रतिवद्धता व्यक्त गरेको उक्त बैठक संस्थाका सचिव विष्णु प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।
अर्घाखाँची सेवा समाज दोहा कतारको छैठौ मासिक बैठक दोहाको मुन्तजा पार्कमा सम्पन्न भएको छ । संस्थाका प्रथम उपाध्यक्ष भुवन के.सीको अध्यक्षतामा सम्पन्न सो वैठकमा संस्थाका पदाधिकारीहरुको व्यापक उपस्थिति रहेको थियो । द्धितीय उपाध्यक्ष चिरन्जीवी भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा
संस्थाका पदाधिकारीहरुले संस्थाको विगत र भावि कार्य योजनाको बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । सो वैठकले रोजगारीको सिलसिलामा विगत ५– ६ बर्ष देखि कतारमा कार्यरत अर्घाखाँची अर्घा गा.वि.स. वार्ड नं. ३ का मणिराम अधिकारीको अचानक दुवै मृगौला खराव भई हाल उपचारको क्रममा रहेकाले आर्थिक सहयोग स्वरुप ने.रु. १५००१ प्रदान गर्ने निर्णय गरेको छ, आफ्नो स्थापनाकाल देखि नै विभिन्न समाज सेवाको कार्यमा सरिक भएको अर्घाखाँची सेवा समाजको यो अर्को समाज सेवाको महत्वपूर्ण उदाहारण भएको संस्थाका युवराज पोख्रेलले बताउनुभयो, । साथै विगत लामो समय देखि अर्घाखाँची जिल्ला अस्पतालमा जनस्वास्थ्य प्रमुखको रुपमा कार्यरत चिकित्सक डां चित्र प्रसाद शर्मा वाग्ले अस्वस्थ्य भई हाल भारतको नयाँ दिल्लीमा उपचारको क्रममा रहनुभएकाले उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गदै आगामी दिनमा आवश्यक परेमा सहयोगको समेत प्रतिवद्धता व्यक्त गरेको उक्त बैठक संस्थाका सचिव विष्णु प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।