हामी दैनिक जस्तै सुन्ने गर्छौ बिभिन्न बहानामा नेपालबाट दलालहरुको फोस्रो आश्वासनमा फसेर नेपालीहरु ग्रिस छिरिरहेका छन । युरोपिएन युनिएन सम्बद्द ग्रिस जस्मा पहिलो पाइला टेक्नको लागि १०-१२ लाख नेपाली बिना कारण बिना सोध पुछ दलाललाई बुजाउने गरिन्छ । हिजो भर्खर जस्तो लाग्छ मुस्किलले १०-१५ नेपाली भएको देशमा आज एक्कासी करिब करिब १०० भन्दा बडी नेपाली रहेको हाम्रो तथ्यान्कमा जानकारी आएको छ । दैनिक जसो नयाँ नयाँ नेपालीहरु आउने क्रम जारी छ र उनिहरुका ठुला ठुला सपनाहरु एक्कासी चट्याङ जस्तै चकनाचुर भएको अनुभुतीले हामी केही पुराना भनाउदा नेपालीहरुलाई उनिहरुको पिडा सुन्दा सुन्दा हैरानी मात्र होइन तनाब पनि सिर्जना गरेको छ ।