काठमाडौ । ठगी मुद्धामा काठमाडौँ जिल्ला अदालतको २०६८ साल माघ १२ गतेको
फैसला अनुसार १ बर्ष कैद र १२ लाख ८० हजार जरिवाना र सोही बमोजिम बिगो
ठहरेका काठमाडौँ सितापाईला–६ बस्ने ३८ बर्षीय प्रतिबादी अमर नेपालीलाई
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले माघ
५ गते सितापाइलाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा पेश गरेको छ ।
निज प्रतिबादी अमर नेपाली सितापाइला गाविस–४ स्थित नव पालुवा बचत तथा ऋण
सहकारी संस्थाको तत्कालिन अध्यक्ष रहेकोमा जाहेरवाला साम्वराज अर्याललाई
प्रलोभनमा पारी सस्तोमा ऋण समेत उपलव्ध गराउने भनी २०६७ सालमा संस्थाको बचत
खातामा १२ लाख ८० हजार जम्मा गराईदिन्छु भनी पासबुक चेकबुक नगदी रसिद समेत
दिई उक्त रकम सहकारी संस्थामा दाखिला नगरी व्यक्तिगत प्रयोजनामा प्रयोग
गरी ठगी गरेका थिए ।