नयाँ ब्यबस्था लागू भएपछि बैदेशिक रोजगार
बिभागले ८ सय रियाल न्यूनतम तलव र २ सय रियाल खाना खर्च पाउने सम्झौता भएका
कामदारलाई मात्र कतार जाने अनुमति दिने छ । मन्त्रालयका प्रवक्ता
बुद्धिबहादुर खड्काले भन्नुभयो-’न्यूनतम तलव बढाउने तयारी भइरहेको छ तर,
कहिलेबाट लागू हुन्छ भन्ने अहिले नै बताउन सक्ने अबस्था छैन । राजपत्रमा
सूचना प्रकाशित भएपछि मात्र तलव लागू गर्ने उहाँले जानकारी दिनुभयो ।
म्यानपावर ब्यबसायीले भने निर्णय लागू गराउन कम्तीमा एकदेखि तीन महिनाको
समय दिनुपर्ने माग गरेका छन् ।
कतारका लागि पूर्व नेपाली राजदूत सूर्यनाथ
मिश्रकै बेलामा न्यूनतम तलव ८ सय रियाल पुर्याउन दूतावासले नेपाल
सरकारसमक्ष सुझाव दिएको थियो । कतारमा हाल करिव साढे दुई लाख नेपाली
कार्यरत रहेको सरकारी तथ्याङ्क छ । गत कात्तिकमा मात्र संयुक्त अरव
इमरेट्स-युएई)मा जाने नेपाली नेपाली कामदारका लागि ८ सय रियाल न्यूनतम तलव र
३ सय रियाल खाना खर्च हुनुपर्ने ब्यबस्था लागू गरिएको थियो । यस्तै साउदी
अरब र कुवेतमा पनि ८ सय न्यूनतम तलव र २ सय खाना खर्च हुनुपर्ने ब्यबस्था
लागू भइसकेको छ । सरकारले सवै खाडी मुलुकमा एउटै न्यूनतम तलवमान लागू गर्ने
तयारी अन्र्तगत कतारमा काम गर्न जाने नेपाली कामदारको तलव बृद्धि गर्न
लागेको हो ।
मलेसिया सरकारले हालै बिदेशी कामदारका
लागिसमेत लागू हुने गरि मासिक ९ सय रिंगेट न्यूनतम तलव लागू गरेको छ ।
नेपालले भने मलेसिया जाने कामदारका लागि ५ सय ४६ रिंगेट न्यूनतम तलव तोकेको
थियो, जसलाई बर्षौसम्म संसोधन गरिएको छैन् । -